२६ जेष्ठ २०८२, आईतवार

सर्लाहीमा मोटरसाइकलसहित १० किलो गाँजा बरामद

२८ पुस, सर्लाही।

सशस्त्र प्रहरीको टोलीले सर्लाहीको पर्सा गाउँपालिका-६, मंलहिया पोखरी नजिकबाट मोटरसाइकलसहित १० किलो गाँजा बरामद गरेको छ। प्रहरी निरीक्षक रामहरि खडकाको नेतृत्वमा बोर्डर आउट पोष्ट संग्रामपुरबाट खटिएको टोलीले शनिबार दिउँसो उक्त ठाउँमा यो बरामद गरेको हो।

गोप्य सूचनाको आधारमा खटिएको टोलीलाई देखेपछि गाँजा ल्याएका व्यक्ति मोटरसाइकल र गाँजा छोडेर फरार भएका थिए। बरामद गरिएको मधेस प्रदेश ०३-०३५ त ६८९२ नम्बरको मोटरसाइकल र गाँजा जिल्ला प्रहरी कार्यालय मलङ्गवामा पठाइएको छ।

प्रहरी निरीक्षक खडकाले यस घटनाका बारेमा थप अनुसन्धान भइरहेको बताएका छन्। तस्करी विरुद्धको यस प्रकारको कारबाहीलाई सशस्त्र प्रहरीले निरन्तरता दिने उद्देश्य राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?