बार अध्यक्षविरुद्ध अवहेलना मुद्दा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष २३, २०८१
|
|
३२ पटक हेरिएको
Shares
बार अध्यक्षविरुद्ध अवहेलना मुद्दा

सारांश

  • नेपाल बार एसोसिएसनका अध्यक्ष गाेपालकृष्ण घिमिरेविरुद्धको अदालतकाे अवहेलना मुद्दामा सर्वोच्च अदालतले अडियाे र भिडियाेलगायत सामाग्री मगाउने आदेश दिएको छ ।
  • न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले सो आदेश दिएको हो ।
  •   यसअघि अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनेर लिखित जबाफ दिन आदेश गरेको थियो ।

 

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष गाेपालकृष्ण घिमिरेविरुद्धको अदालतकाे अवहेलना मुद्दामा सर्वोच्च अदालतले अडियाे र भिडियाेलगायत सामाग्री मगाउने आदेश दिएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले सो आदेश दिएको हो ।  यसअघि अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनेर लिखित जबाफ दिन आदेश गरेको थियो ।

उनलाई अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै सर्वोच्चका उपरजिस्ट्रार गोविन्द प्रसाद घिमिरेले तयार गरेको प्रतिवेदन दसैँअघि दर्ता भएको थियो। सोही प्रतिवेदनको पहिलो सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मी र कुमार चुडालको इजलासले उनलाई सात दिनभित्र आफै वा आफ्नो वारेसमार्फत लिखित जवाफ बुझाउन भनेको थियो । सर्वोच्चको उक्त आदेश पछि उनले बारका तर्फबाट लिखित जवाफ पेस गरेका थिए ।  नेपाल बारका अध्यक्ष घिमिरेले न्यायाधीश नियुक्तिका विषयलाई लिएर प्रधानन्यायाधीश तथा अदालतको जनआस्थामा असर पुग्ने गरी सार्वजनिक टिप्पणी गरेको भन्दै उपरजिस्ट्रार गोविन्द घिमिरेले उनलाई अवहेलनामा कारबाही गर्नुपर्ने प्रतिवेदन तयार पारेका थिए।

बार अध्यक्षले गरेको टिप्पणीप्रति न्याय परिषद्ले समेत विज्ञप्ति जारी गरेर खेद प्रकट गरेको थियो। बार अध्यक्षले अदालत, न्याय परिषद् र प्रधानन्यायाधीशविरुद्ध कुलसित मनसायले अनर्गल र सर्वसाधारणलाई भ्रममा पार्ने गरी सार्वजनिक टिप्पणी गरेको परिषद्को विज्ञप्तिमा उल्लेख थियो। केही दिनमै उमेर हदका कारण अवकाश लिन लागेका प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ सम्मिलित परिषद्ले सर्वोच्चमा २ न्यायाधीश मात्र सिफारिस गरेकोमा विरोध गर्दै बार अध्यक्षले एक कार्यक्रममा भाषण गरेका थिए।

नेपाल बारले अहिले मुख्य रजिष्ट्रारलाई उच्च अदालतको न्यायाधीश नियुक्ति गर्दा वरीयतामा मुख्य न्यायाधीशभन्दा मुनि र अरू न्यायाधीशभन्दा माथिको रोलक्रम दिने गरी बनाइएको नियमावली खारेज गर्न माग गर्दै विरोध कार्यक्रम गर्दै आएको छ। उक्त नियमावली नसच्याई कुनै पनि अदालतमा न्यायाधीश नियुक्ति गर्न नपाइने बारको माग छ। बारको विरोधकै बिचमा असोज ११ गते सर्वोच्चमा दुई न्यायाधीश नियुक्ति सिफारिस गरेपछि बार अध्यक्ष घिमिरेले त्यसमाथि प्रश्न उठाएका थिए ।  नियमावलीको उक्त व्यवस्था गैरसंवैधानिक भएको भन्दै उनले प्रधानन्यायाधीशलाई पनि गैरसंवैधानिक काम गरेको आरोप लगाएर विभिन्न सञ्चार माध्यमलाई प्रतिक्रिया दिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकार चुनाव जिताउन कसैको एजेण्डाको माध्यम बन्न खोजेको जस्तो देखिन्छ : महेश बस्नेत
सरकार चुनाव जिताउन कसैको एजेण्डाको माध्यम बन्न खोजेको जस्तो देखिन्छ : महेश बस्नेत
आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारका क्रममा निधन
आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारका क्रममा निधन
हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने
हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने
मन्त्रालयमा सुधारको काम गरिरहेको छु : गृहमन्त्री
मन्त्रालयमा सुधारको काम गरिरहेको छु : गृहमन्त्री
भारत–पाकिस्तान तनावपछि गृहमा केन्द्रीय सुरक्षा समितिको बैठक, सीमानामा कडाई
भारत–पाकिस्तान तनावपछि गृहमा केन्द्रीय सुरक्षा समितिको बैठक, सीमानामा कडाई
हुम्लामा ठूलो परिमाणमा अवैध चिनियाँ मदिरा बरामद
हुम्लामा ठूलो परिमाणमा अवैध चिनियाँ मदिरा बरामद
मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया
मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया
डाइभर्सन मर्मतपछि कान्तिलोकपथ सञ्चालनमा
डाइभर्सन मर्मतपछि कान्तिलोकपथ सञ्चालनमा
अध्यक्षको मनपरी शैलीविरुद्ध राष्ट्रिय अपाङ्ग महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी
अध्यक्षको मनपरी शैलीविरुद्ध राष्ट्रिय अपाङ्ग महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी
कम्युनिष्ट नेतृत्वको सरकार लुटतन्त्रको संरक्षणमा जुटेको छ : अध्यक्ष नेपाल
कम्युनिष्ट नेतृत्वको सरकार लुटतन्त्रको संरक्षणमा जुटेको छ : अध्यक्ष नेपाल