नेप्से बढेर २५९१.५६ बिन्दुमा, ५ अर्बको कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष २१, २०८१
|
|
२९ पटक हेरिएको
Shares
नेप्से बढेर २५९१.५६ बिन्दुमा, ५ अर्बको कारोबार

सारांश

  • सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ ।
  • साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से ५.
  • ३२ अंक (०.

२१ पुस, काठमाडौं । सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से ५.३२ अंक (०.२० प्रतिशत) ले बढेर २५९१.५६ बिन्दुमा बन्द भएको छ ।

नेप्सेसँगै कारोबार रकममा पनि सुधार भएर ५ अर्ब नजिक पुगेको छ । आइतबार नेप्सेमा ६१ हजार १ सय ६७ कारोबारमा ९३ लाख ८६ हजार ७ सय २१ कित्ता सेयर कारोबार हुँदा ४ अर्ब ८६ करोड २ लाखको कारोबार भएको छ । व्यापार र हाइड्रोपावर उपसूचकमा उल्लेख्य वृद्धि हुँदा बैंकिङ लघुवित्त लगायत उपसूचकमा गिरावट देखिएको छ । हाइड्रोपावर उपसूचक सर्वाधिक १.६७ प्रतिशतले वृद्धि हुँदा व्यापार उपसूचक १.१४ प्रतिशतले बढेको छ । होटल तथा पर्यटन उपसूचक ०.६० प्रतिशतले बढेको हो ।

यता बैंकिङ उपसूचकमा ०.५५ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी उपसूचक १.०४ प्रतिशत र उत्पादनमूलक उपसूचक ०.६० प्रतिशतले गिरावट भएको छ । आइतबार बजारमा कुल २ सय ४३ सूचिकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १ सय ४१ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै ९४ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ८ कम्पनीको मूल्य स्थिर छ । आइतबार करिब ५ अर्बको कारोबार भएको बजारमा जानकी फाइनान्सको सर्वाधिक १९ करोड ९ लाख रुपैयाँको कारोबार भएको छ । रिभर फल्स पावरको १७ करोड ३६ लाखको कारोबार हुँदा रसुवागढी हाइड्रोपावरको १२ करोड ९१ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको १२ करोड ७९ लाख र

नेपाल फाइनान्सको ११ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ । आइतबार नेप्सेमा उपकार लघुवित्त, दोर्दीखोला जलविद्युत् कम्पनी र ग्रिन भेन्चर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । त्यस्तै दोल्ती पावर कम्पनीको सेयर मूल्य ९.४४ प्रतिशत र ग्रिन डेभलपमेन्ट बैंकको ९.२४ प्रतिशतले बढेको छ । त्यस्तै नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.८८ प्रतिशतले गिरावट भएको छ । यस्तै आत्मनिर्भर लघुवित्तको सेयर मूल्य ६.८५ प्रतिशत र जानकी फाइनान्सको सेयर मूल्य ६.३९ प्रतिशतले गिरावट भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भन्सार नतिरेका २८ वटा भारतीय मोटरसाइकल बरामद
भन्सार नतिरेका २८ वटा भारतीय मोटरसाइकल बरामद
स्वार्थ समूहको प्रभावमा मन्त्रिपरिषद् विस्तार भएको प्रभु साहको आरोप
स्वार्थ समूहको प्रभावमा मन्त्रिपरिषद् विस्तार भएको प्रभु साहको आरोप
एक लाख लिटर पानी भण्डारण क्षमताको जुद्ध वारुणयन्त्रको शुभारम्भ
एक लाख लिटर पानी भण्डारण क्षमताको जुद्ध वारुणयन्त्रको शुभारम्भ
बलात्कार गरेको आरोपमा मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज पक्राउ
बलात्कार गरेको आरोपमा मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज पक्राउ
हाम्रा दूतावास कुखुराको खोरभन्दा साना छन् : परराष्ट्रमन्त्री
हाम्रा दूतावास कुखुराको खोरभन्दा साना छन् : परराष्ट्रमन्त्री
पाकिस्तानमा हमलापछि भारतका ११ विमानस्थलमा उडान सञ्चालन बन्द
पाकिस्तानमा हमलापछि भारतका ११ विमानस्थलमा उडान सञ्चालन बन्द
निजी कार छोडेर सार्वजनिक यातायात छान्ने अवस्था हाम्रो लक्ष्य हो : कार्यवाहक प्रमुख डंगोल
निजी कार छोडेर सार्वजनिक यातायात छान्ने अवस्था हाम्रो लक्ष्य हो : कार्यवाहक प्रमुख डंगोल
मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु
मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु
काठमाडौंको टोखामा एक पुरुष मृ*त भेटिए
काठमाडौंको टोखामा एक पुरुष मृ*त भेटिए
वनस्पति स्रोतहरु संरक्षण गर्न नसके भविष्य नै संकटमा जान्छ : मन्त्री चौधरी
वनस्पति स्रोतहरु संरक्षण गर्न नसके भविष्य नै संकटमा जान्छ : मन्त्री चौधरी