आज पनि माओवादी केन्द्रको स्थायी कमिटी बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष २०, २०८१
|
|
२४ पटक हेरिएको
Shares
आज पनि माओवादी केन्द्रको स्थायी कमिटी बैठक

सारांश

  •  प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज (शनिबार) पनि बस्दैछ ।
  • बिहीबारबाट सुरु भएको बैठक आज पनि दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।
  • आज सकिने बैठकले भोलिबाट सुरु हुने केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गर्नेछ ।

२० पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज (शनिबार) पनि बस्दैछ ।बिहीबारबाट सुरु भएको बैठक आज पनि दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । आज सकिने बैठकले भोलिबाट सुरु हुने केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गर्नेछ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथि छलफल चलिरहेको छ । प्रचण्डले स्थायी कमिटीको बैठकमा आएको सुझावलाई समेटेर भोलिको बैठकमा ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ भन्ने शीर्षकमा प्रतिवेदन पेश गर्दैछन् । त्यस बाहेक बैठकले प्रचण्डको प्रतिवेदनमा पछिल्ला समामयिक राजनीतिक घटनाक्रम, आगामी कार्ययोजना, प्रतिपक्षमा रहेको पार्टीको भूमिकालगायतको विषय समेटिने छन् । आफू नेतृत्वको सरकार ढलेर प्रतिपक्षमा पुगेको पाँच महिनापछि प्रचण्डले सिंगो केन्द्रीय कमिटीको बैठक पहिलो पटक फेस गर्दैछन् ।

केन्द्रीय कमिटीको बैठकअघि प्रचण्डले सबै प्रदेशस्तरीय परामर्श बैठक गरेका थिए । एमाले र कांग्रेस मिलेपछि सरकारबाट बाहिरिएको परिस्थितिलाई पार्टी निर्माण गर्न अवसरको रुपमा लिने माओवादीको निष्कर्ष छ । यही केन्द्रीय कमिटीको बैठकबाट संगठन निर्माणको अभियानबारे निर्णय पनि गर्दैछ । माओवादीमा उपमहासचिव जनार्दन शर्माले प्रचण्डले नेतृत्व छाड्नुपर्नेदेखि प्रदेशस्तरीय परामर्श समितिको बैठकमा आएको सुझावलाई दस्तावेजमा समेट्ने तयारी गरेका छन् ।

शर्माको प्रस्ताव केन्द्रीय कमिटीको बैठकमा पनि छलफलमा लैजाने प्रचण्डले आश्वासन दिएपछि पार्टीभित्र देखिएको तरङ्ग हल भएको थियो । माओवादीले यही केन्द्रीय कमिटीको बैठकबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, महेन्द्रराय यादव नेतृत्वको नेसपासँग एकता गर्ने निर्णय गर्ने तयारी पनि गरेको छ । आगामी महाधिवेशनबाट केन्द्रीय कमिटी, पदाधिकारीसहित अन्य कमिटी पनि विधान अनुसार सानो बनाउनुपर्नेमा नेताहरूको जोड छ । यो केन्द्रीय कमिटीको बैठकमा ८२५ जना सहभागी हुँदैछन् । माओवादीमा विशेष महाधिवेशनमा गएर विधानअनुसार पदाधिकारी र केन्द्रीय कमिटीको संख्या घटाउनु पर्ने दबाब बढ्दो छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

५ हजार ३०० कोटाको लागि कोरियन भाषा परीक्षाको आवेदन खुल्यो
५ हजार ३०० कोटाको लागि कोरियन भाषा परीक्षाको आवेदन खुल्यो
त्रिवि शिक्षण अस्पतालले माग्यो ३२ जना नर्स (विज्ञापनसहित)
त्रिवि शिक्षण अस्पतालले माग्यो ३२ जना नर्स (विज्ञापनसहित)
प्लाष्टिकजन्य फोहोर नबाल्न महानगरको आग्रह
प्लाष्टिकजन्य फोहोर नबाल्न महानगरको आग्रह
एमाले प्रतिनिधि छनोट विवाद  : केन्द्रको पत्र कार्यान्वयनमा धनकुटा र ओखलढुंगामा आनाकानी
एमाले प्रतिनिधि छनोट विवाद : केन्द्रको पत्र कार्यान्वयनमा धनकुटा र ओखलढुंगामा आनाकानी
जसपा नेपालको केन्द्रीय प्रचार विभाग बैठक बस्दै
जसपा नेपालको केन्द्रीय प्रचार विभाग बैठक बस्दै
ओस्कर विजेता अमेरिकी अभिनेता ह्याकम्यान श्रीमतीसहित मृत फेला
ओस्कर विजेता अमेरिकी अभिनेता ह्याकम्यान श्रीमतीसहित मृत फेला
हाम्रो लक्ष्य सुशासन र विकास केन्द्रित हुनुपर्छः प्रधानमन्त्री ओली
हाम्रो लक्ष्य सुशासन र विकास केन्द्रित हुनुपर्छः प्रधानमन्त्री ओली
सर्लाहीमा १३१ उम्मेदवार कायम
सर्लाहीमा १३१ उम्मेदवार कायम
मनसुन सुरु हुनु अगावै सडक स्तरोन्नतिको व्यवस्था गराउन सांसदको माग
मनसुन सुरु हुनु अगावै सडक स्तरोन्नतिको व्यवस्था गराउन सांसदको माग
गौशालाको धर्मशाला खाली गर्न पुग्यो महानगर प्रहरी
गौशालाको धर्मशाला खाली गर्न पुग्यो महानगर प्रहरी