२६ जेष्ठ २०८२, आईतवार

प्रहरीका पाँच एसएसपी डीआईजी बढुवा सिफारिस, को-को परे ?

 

१९ पुस, नेपाल प्रहरीका पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी), नायब महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।डीआईजीहरू ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया बढुवाका लागि सिफारिस भएका हुन् ।

कार्की नेपाल प्रहरी प्रधान कार्यालय अनुसन्धान योजना तथा विकास निर्देशनालय, भट्ट कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, सुर्खेत, आचार्य लागूऔषध नियन्त्रण ब्यूरो, काठमाडौं, पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा, काठमाडौं र थपलिया नेपाल प्रहरी प्रधान कार्यालय मानव शक्ति विकास विभाग, नक्सालमा कार्यरत छन् ।बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले रिक्त पदमा उनीहरूको बढुवा सिफारिस गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?