९ श्रावण २०८२, बिहीबार

बढ्यो सुनको मूल्य, आज कति पुग्यो?

 

१८ पुस,  काठमाडौँ- नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् बुधबार प्रतितोला एक हजार चार सय रुपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला पाँच सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।बुधबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ।

बुधबार प्रतितोला एक हजार सात सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार सात सय ९० रुपैयाँ किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रुपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0

Post Comment

छुटाउनुभयो कि ?