बेलायती राजदूतले जानकी मन्दिरमा मनाए २२औं वैवाहिक वर्षगाठ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष १३, २०८१
|
|
३३ पटक हेरिएको
Shares
बेलायती राजदूतले जानकी मन्दिरमा मनाए २२औं वैवाहिक वर्षगाठ

सारांश

  • नेपालका लागि बेलायती राजदूत रब फेनले जानकी मन्दिरमा श्रीमती जुलिया फेनसँग आफ्नो २२ औं वैवाहिक वर्षगाठ मनाएका छन् ।
  • मैथिली परम्परा अनुसार मालाफेर र सिन्दुर लगाएर वैवाहिक वर्षगाँठ मनाएका हुन् ।
  • जानकी मन्दिरका साधुसन्तद्वारा मन्त्रोउच्चारण गरेपछि फेनले शीरमा मौर लगाएर श्रीमती जुलियासँग मालाफेर गरेका थिएन भने श्रीमतीलाई औंठी लगाइदिए ।

१३ पुस, जनकपुरधाम  । नेपालका लागि बेलायती राजदूत रब फेनले जानकी मन्दिरमा श्रीमती जुलिया फेनसँग आफ्नो २२ औं वैवाहिक वर्षगाठ मनाएका छन् । मैथिली परम्परा अनुसार मालाफेर र सिन्दुर लगाएर वैवाहिक वर्षगाँठ मनाएका हुन् ।

जानकी मन्दिरका साधुसन्तद्वारा मन्त्रोउच्चारण गरेपछि फेनले शीरमा मौर लगाएर श्रीमती जुलियासँग मालाफेर गरेका थिएन भने श्रीमतीलाई औंठी लगाइदिए । जानकी मन्दिरका सह महन्त रामरोशन दासले विधिविधानमा सघाएका थिए । यसपछि मधेशका सभामुख रामचन्द्र मण्डल, जनकपुरधामका मेयर मनोजकुमार साहसहितले दुवैजनालाई बधाई दिएका थिए । राजदूत फेनले मिथिलाको परम्परा, भाषा, भेषभूषा, र संस्कृति संसारकै उत्कृष्टमध्ये रहेको बताउँदै आफूले यस क्षेत्रलाई वैवाहिक गन्तव्यका रूपमा विकास गर्ने योजनाप्रति चासो लागेको बताए ।

‘गत वर्ष मधेशका विभिन्न स्थानहरूको भ्रमणका क्रममा मैले मिथिलाको सांस्कृतिक धरोहरको महत्त्व बुझेँ। यस क्षेत्रको अतुलनीय सौन्दर्यले मलाई यो वर्षगाँठ यहाँ मनाउन प्रेरित गर्‍यो’, राजदूत फेनले भने। उनले जनकपुरलाई वैवाहिक गन्तव्यका रूपमा विकास गर्न आफूले सक्ने प्रयास गर्ने बताए ।

उनले व्यक्तिगत पहल र बेलायती दूतावासको सहयोगमा नेपाल सरकारसँगको साझेदारीमा विभिन्न विकास परियोजनाहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । जनकपुरधामलाई धार्मिक, सांस्कृतिक, र पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने प्रयासमा राजदूतको यो योगदानले अझ नयाँ ऊर्जा थप्ने विश्वास लिइएको बताए । नेपाल सरकारले जनकपुरधामलाई वैवाहिक गन्तव्यको रुपमा स्थापित गर्ने नीति लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मतदाता नामावलीमा हालसम्म २ लाख ८१ हजारभन्दा बढीले गराए दर्ता
मतदाता नामावलीमा हालसम्म २ लाख ८१ हजारभन्दा बढीले गराए दर्ता
सिरहा कारागार तनाव सुरक्षा व्यवस्था कडा, स्थिति नियन्त्रणमा लिन जिल्ला सुरक्षा समिति बैठक
सिरहा कारागार तनाव सुरक्षा व्यवस्था कडा, स्थिति नियन्त्रणमा लिन जिल्ला सुरक्षा समिति बैठक
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
इलाम-२ का लागि १३ उम्मेदवारी दर्ता, स्वतन्त्रबाट दर्ता गर्न अझै लाइनमा
इलाम-२ का लागि १३ उम्मेदवारी दर्ता, स्वतन्त्रबाट दर्ता गर्न अझै लाइनमा
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
लिङ्देनको आरोप : जेठ १५ को हाम्रो कार्यक्रम भड्काउने प्रधानमन्त्रीको मनसाय देखियो
लिङ्देनको आरोप : जेठ १५ को हाम्रो कार्यक्रम भड्काउने प्रधानमन्त्रीको मनसाय देखियो
अफगानिस्तानविरूद्ध अन्तिम खेलमा नेपालको सान्त्वना जित
अफगानिस्तानविरूद्ध अन्तिम खेलमा नेपालको सान्त्वना जित
२०८१ को एसईई परीक्षा तालिका सार्वजनिक
२०८१ को एसईई परीक्षा तालिका सार्वजनिक
दार्चुला–टिङ्कर सडक निर्माणः सेनाले दुईतिरबाट काम थाल्यो
दार्चुला–टिङ्कर सडक निर्माणः सेनाले दुईतिरबाट काम थाल्यो
दक्षिणी लेबनानमा इजरायलले गरेको आक्रमणमा पत्रकारसहित ५ जनाको मृत्यु
दक्षिणी लेबनानमा इजरायलले गरेको आक्रमणमा पत्रकारसहित ५ जनाको मृत्यु