जनकपुरले जित्यो ‘एनपिएल’को पहिलो उपाधि

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष ६, २०८१
|
|
३३ पटक हेरिएको
Shares
जनकपुरले जित्यो ‘एनपिएल’को पहिलो उपाधि

सारांश

  • टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८५ रनको लक्ष्य दिए पनि उपबिजेतामा चित्त बुझाउनु पर्यो ।
  • जनकपुरलाई उपाधि दिलाउने क्रममा ओपनरद्वय लाहिरु मिलान्था र आशिफ शेखले पहिलो विकेटका लागि महत्वपूर्ण ७३ रनको साझेदारी गरे ।
  • जनकपुरको जितमा मिलान्थाले आक्रामक अर्धशतकीय पारी खेले ।

६ पुस, काठमाडौं ।

टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८५ रनको लक्ष्य दिए पनि उपबिजेतामा चित्त बुझाउनु पर्यो । जनकपुरलाई उपाधि दिलाउने क्रममा ओपनरद्वय लाहिरु मिलान्था र आशिफ शेखले पहिलो विकेटका लागि महत्वपूर्ण ७३ रनको साझेदारी गरे । जनकपुरको जितमा मिलान्थाले आक्रामक अर्धशतकीय पारी खेले ।

उनले ४९ बल खेल्ने क्रममा चार छक्का र नौ चौकाको सहयोगमा ८७ रन बनाए । आशिफ शेखले १९ बल खेल्ने क्रममा चार चौका र दुई छक्कासहित ३३ रनको योगदान दिए । हर्ष थाकरले २४ बल खेल्दै दुई छक्काको साहरामा ३० रन बनाए । साथै मोहम्मद मोहसिनले नौ र जिमी निशमले चार, आकाश त्रिपाठीले दुई र मयन यादवले दुई रन बनाए । सुदूरपश्चिमका लागि सैफ अलि जेब, इशान पाण्डे, दीपेन्द्र सिंह ऐरी र स्कट कुग्गेलेइनले समान एक/एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १८४ रन बनाएको थियो । उसका लागि ओपनरद्वय सैफ अलि जेब र बिनोद भण्डारीले शानदार सुरुआत दिलाए । उनीहरुले पहिलो विकेटका लागि एक सय १७ रनको साझेदारी गरे । सैफ अलि जेब अर्धशतकीय पारी खेले । उनले ४३ बल खेल्ने क्रममा आठ चौका र दुई छक्काको साहरामा ६९ रन बनाए । साथै बिनोद भण्डारीले ३१ बल सामना गर्दै एक चौका र तीन छक्कासहित ४१ रन बटुले ।

साथै ब्राण्डन म्याक मुलेन र हर्मित सिंहले समान १४ रन बनाए भने स्कट कुग्गेलेइनले १३ रन बटुले । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । जनकपुरका लागि किशोर महतो र मोहम्मद मोहसिनले तीन/तीन विकेट लिए भने जिमी निशम र ललित राजवंशीले एक÷एक विकेट लिए । प्रतियोगिताको उपाधि विजेताले ट्रफीसहित रु एक करोड १० लाख र उपविजेताले रु ५१ लाख, तेस्रोले रु २५ लाख र चौथो हुनेले रु १५ लाख प्राप्त गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खुल्ने बित्तिकै बन्द भयो बिपी राजमार्ग
खुल्ने बित्तिकै बन्द भयो बिपी राजमार्ग
सुनको मुल्य अहिलेसम्मकै उच्च  तोलाको कति पुग्यो ?
सुनको मुल्य अहिलेसम्मकै उच्च तोलाको कति पुग्यो ?
बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृ*त्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृ*त्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
देशभरका ५ वटा राजमार्गका यी खण्ड पूर्णरुपमा अवरुद्ध
देशभरका ५ वटा राजमार्गका यी खण्ड पूर्णरुपमा अवरुद्ध
नार खोला जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन सम्पन्न, कुमारी बैंकको अगुवाइमा ५ बैंकले लगानी गर्ने
नार खोला जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन सम्पन्न, कुमारी बैंकको अगुवाइमा ५ बैंकले लगानी गर्ने
हेटौँडा कपडा उद्योग सञ्चालन हुनेमा स्थानीय आशावादी
हेटौँडा कपडा उद्योग सञ्चालन हुनेमा स्थानीय आशावादी
घट्यो सुनचाँदीको मूल्य कतिमा हुदैछ कारोबार ?
घट्यो सुनचाँदीको मूल्य कतिमा हुदैछ कारोबार ?
ओलीले बोलाए सचिवालय बैठक
ओलीले बोलाए सचिवालय बैठक
सर्वोच्चको न्यायाधीशमा दुईजनाको नाम सिफारिस
सर्वोच्चको न्यायाधीशमा दुईजनाको नाम सिफारिस
कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको निर्णय : को–को माथि सुरु हुन्छ कारबाही ?
कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको निर्णय : को–को माथि सुरु हुन्छ कारबाही ?