२६ जेष्ठ २०८२, आईतवार

जाजरकोटमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

२७ मंसिर, सुर्खेत ।

जाजरकोटको नलगाड नगरपालिका-५ कालीमाटीबाट वडानम्बर–३ कटकेतर्फ गइरहेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । बुधबार राति ग३च ९४४५ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक अर्जुन तिमिल्सिनाले जानकारी दिए ।

प्रहरी निरीक्षक तिमिल्सिनाका अनुसार दुर्घटनामा नलगाड नगरपालिका-३ का ३२ वर्षीय चालक इन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १८ वर्षीया लक्ष्मी पुन रोका र उनका छोरा आलोचन रोकाको मृत्यु भएको छ । घाइतेमध्ये एक जनाको उपचार स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?