पोखराविरुद्ध लुम्बिनीका कप्तान रोहितले बनाए अर्धशतक

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर २१, २०८१
|
|
२७ पटक हेरिएको
Shares
पोखराविरुद्ध लुम्बिनीका कप्तान रोहितले बनाए अर्धशतक

सारांश

  • नेपाल प्रिमियर लिग (एनपीएल)को आफ्नो दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले अर्धशतक बनाएका छन् ।
  • कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको लुम्बिनीबाट ३३ बलमा ५० रन पूरा गरे ।
  • यसक्रममा उनले सात चौका र एक छक्का प्रहार गरे ।

२१ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आफ्नो दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले अर्धशतक बनाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको लुम्बिनीबाट ३३ बलमा ५० रन पूरा गरे । यसक्रममा उनले सात चौका र एक छक्का प्रहार गरे । जारी एनपीएलमा यो १०औँ अर्धशतक हो । जारी खेलको १२ ओभर सकिँदा लुम्बिनीले तीन विकेट गुमाएर ८६ रन बनाएको छ । हाल क्रिजमा रोहितसँगै रहेका टम मोरिस १४ रनमा खेलिरहेका छन् ।

लुम्बिनी र पोखरा आज पहिलो जितको खोजीमा छन् । लुम्बिनी यसअघि पहिलो खेलमा विराटनगर किंग्ससँग दुई विकेटले पराजित भएको थियो । यता, पोखरा भने पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले र दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग सात विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैतडी कारागारबाट भागेका दुई जना बाहेक सबै कैदी फर्किए
बैतडी कारागारबाट भागेका दुई जना बाहेक सबै कैदी फर्किए
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
खोलामा डुबेर १७ वर्षीय किशोरको मृत्यु, एक बेपत्ता
खोलामा डुबेर १७ वर्षीय किशोरको मृत्यु, एक बेपत्ता
केशरमहलमा कारको ठक्करबाट पैदलयात्रुको मृत्यु, ट्राफिक प्रहरी घाइते
केशरमहलमा कारको ठक्करबाट पैदलयात्रुको मृत्यु, ट्राफिक प्रहरी घाइते
कर्णालीमा गठबन्धनका तीनैजना विजयी
कर्णालीमा गठबन्धनका तीनैजना विजयी
वर्तमान सरकार, संसद र न्यायपालिकाप्रति जनताको विश्वास घट्दै गयो : कांग्रेस सांसद गौतम
वर्तमान सरकार, संसद र न्यायपालिकाप्रति जनताको विश्वास घट्दै गयो : कांग्रेस सांसद गौतम
नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै
नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै
आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदुतहरुको भुमिका महत्वपूर्णः परराष्ट्रमन्त्री राणा
आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदुतहरुको भुमिका महत्वपूर्णः परराष्ट्रमन्त्री राणा
कांग्रेसका जिल्ला नेताहरु विभाजित, विशेष महाधिवेशन अवैधानिक हुने चेतावनी
कांग्रेसका जिल्ला नेताहरु विभाजित, विशेष महाधिवेशन अवैधानिक हुने चेतावनी
कान्तिपुर टीभीमा आगजनी
कान्तिपुर टीभीमा आगजनी