२६ जेष्ठ २०८२, आईतवार

करेन्ट लागेर २ जनाको मृत्यु

 

१९ मंसिर,  काठमाडौँ । विभिन्न जिल्लामा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । बारा र कपिलवस्तुमा करेन्ट लागेर २ जनाको मृत्यु भएको हो । बाराको फेटा गाउँपालिका–१ अकवनिया बस्ने ४० वर्षीया लिलावती देवीको करेन्ट लागेर मङ्गलवार दिउँसो मृत्यु भएको छ ।

सोही ठाउँस्थित खेतमा लत्रिएको विद्युतकोतारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको नेशनल मेडिकल कलेज वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै कपिलवस्तुको शुद्धोदन गाउँपालिका–२ हर्नामपुर बस्ने राममिलन लोधकी छोरी १५ वर्षीया मनिषा लोधको करेन्ट लागेर मङ्गलवार राति मृत्यु भएको छ । आफ्नै घरको पानी

तान्ने विद्युतीय मोटरको स्विच अन गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको अलसेक हस्पिटल लबनीमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?