२६ जेष्ठ २०८२, आईतवार

जिप दुर्घटना हुँदा ३ डाक्टरसहित ५ जनाको मृत्यु

 

१३ मंसिर, काठमाडौँ, भारतको लखनउ-आगरा सडकखण्डमा जिप दुर्घटना हुँदा तीन डाक्टरसहित पाँच जनाको मृत्यु भएको छ । एकजना डाक्टर गम्भीर घाइते भएका छन् ।

सडक डिभाइडरमा ठोक्किएर स्कार्पियो जिप दुर्घटना हुँदा ग्रामिण आयुर्विज्ञान संस्थान (रम्स)का ३ आवासीय चिकित्सकसहित पाँच जनाको मृत्यु भएको हो । उनीहरु सबै एक जना साथी डाक्टरको बिहेमा सहभागी हुन जाने क्रममा दुर्घटनामा परेका थिए । प्रहरीका अनुसार तीव्र गतिका कारण जिप दुर्घटना भएको थियो । जिप १३० किलोमिटर प्रतिघण्टाको गतिमा थियो । त्यसैक्रममा डिभाइडर ठोक्किएर जिप अनियन्त्रित भएपछि अर्को लेनमा रहेको ट्रकसँग ठोक्किएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Previous post

२७ वटा हराएका दुई पाङग्रे सवारी साधन प्रहरीद्वारा धनीलाई हस्तान्तरण

Next post

दुर्गा प्रसाईंले लरेन्स विश्नोईको नाममा व्यापारीलाई धम्काएर चन्दा मागेकाे खुलासा ,कुराकानीको अडियोसमेत फेला

Post Comment

छुटाउनुभयो कि ?