इजरायल र हिजबुल्लाहबीच युद्धविराम सम्झौता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर १२, २०८१
|
|
८२ पटक हेरिएको
Shares
इजरायल र हिजबुल्लाहबीच युद्धविराम सम्झौता

सारांश

  • गएराति इजरायली सुरक्षा मन्त्रिपरिषदले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको हो ।
  • यो युद्धविराम लागू भएमा इजरायली सेना ६० दिनभित्र लेबनानबाट फिर्ता हुनेछ भने उही समयमा हिजबुल्लाहको सेना लेबनानको दक्षिणी सीमाबाट हट्नेछ ।
  • उक्त क्षेत्रमा लेबनानको राष्ट्रिय सेना रहने छ ।

१२ मंसिर, काठमाडौं– इजरायल र लेबनानको हिजबुल्लाह समूहबीच युद्धविरामको सम्झौता भएको छ । गएराति इजरायली सुरक्षा मन्त्रिपरिषदले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको हो ।

यो युद्धविराम लागू भएमा इजरायली सेना ६० दिनभित्र लेबनानबाट फिर्ता हुनेछ भने उही समयमा हिजबुल्लाहको सेना लेबनानको दक्षिणी सीमाबाट हट्नेछ । उक्त क्षेत्रमा लेबनानको राष्ट्रिय सेना रहने छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र हिजबुल्लाहबीच युद्धविराम सम्झौतामा हस्ताक्षर भएको औपचारिक घोषणा गरेका हुन् । सम्झौता आज बिहानबाट लागू भएको हो । सम्झौता हुनुभन्दा केही घण्टा अघि इजरायलले बेरुत र दक्षिणी भूभागमा आक्रमण गरेको थियो ।

इजरायली सेनाले लगभग दुई महिना अघिदेखि लेबनानमा स्थल तथा हवाई हमला तिव्र पारेको थियो । यसैबीच अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका कारण आफूले जित हासिल गरेको बताएका छन् । उनले चुनावमा आफ्नो सफलताको कारण वर्तमान राष्ट्रपति जो बाइडेनको दबाब समेत उल्लेख गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सगरमाथा संवादको तयारीका लागि हिमाली संवाद गरिँदै
सगरमाथा संवादको तयारीका लागि हिमाली संवाद गरिँदै
सरकार र मृतक मेहताको परिवारबिच सातबुँदे सहमति
सरकार र मृतक मेहताको परिवारबिच सातबुँदे सहमति
कांग्रेसको पहिलो लुम्बिनी प्रदेश सम्मेलन बुटवलमा सुरु, सभापति देउवाद्वारा उद्घाटन
कांग्रेसको पहिलो लुम्बिनी प्रदेश सम्मेलन बुटवलमा सुरु, सभापति देउवाद्वारा उद्घाटन
राष्ट्रिय जनमोर्चाले घोषणा गर्‍यो राजधानी केन्द्रित आन्दोलनका कार्यक्रम
राष्ट्रिय जनमोर्चाले घोषणा गर्‍यो राजधानी केन्द्रित आन्दोलनका कार्यक्रम
प्रतिनिधि सभा बैठक सुरु भएलगत्तै विपक्षी दलको अवरोध
प्रतिनिधि सभा बैठक सुरु भएलगत्तै विपक्षी दलको अवरोध
हेटौँडा-काठमाडौं जोड्ने सबै सडक अवरुद्ध
हेटौँडा-काठमाडौं जोड्ने सबै सडक अवरुद्ध
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै
सहज ढंगले चुनाव हुने वातावरण बनाउन सरकारसँग राष्ट्रिय सभाका अध्यक्षको आग्रह
सहज ढंगले चुनाव हुने वातावरण बनाउन सरकारसँग राष्ट्रिय सभाका अध्यक्षको आग्रह
तीनकुने घटनाको छानविन गर्न संसदीय छानविन समिति गठन गर्न राप्रपाको माग
तीनकुने घटनाको छानविन गर्न संसदीय छानविन समिति गठन गर्न राप्रपाको माग
भुटानी शरणार्थी प्रकरणमा थप प्रमाण आएन : गृहमन्त्री
भुटानी शरणार्थी प्रकरणमा थप प्रमाण आएन : गृहमन्त्री
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...