१० श्रावण २०८२, शुक्रबार

लेबनानमा भएको इजरायली हमलामा दर्जनौँको मृत्यु

 

लेबनानमा भएको इजरायली हमलामा दर्जनौं मानिसको मृत्यु भएको छ ।  जसमध्ये बेरुतको बास्टा क्षेत्रको बहुमंजिला आवासीय भवनमा भएको हमलामा २९ जनाको मृत्यु भएको हो ।

इजरायली सेनाका अनुसार  सेनाले १२ वटा हिजबुल्लाह कमान्ड सेन्टरमा आक्रमण गरेको थियो । हिजबुल्लाहको इन्टेलिजेन्स युनिट, कोस्ट–टु–सी मिसाइल युनिट र युनिट–४४००–सिरिया हुँदै इरानबाट लेबनानमा हतियार तस्करीका लागि सक्रिय  छन् । सेनाले यी कमान्ड सेन्टरहरू इजरायल विरुद्ध आतङ्कवादी आक्रमणको योजना बनाउन

कार्यान्वयन गर्न र दक्षिणी लेबनानमा सक्रिय  सैनिकहरू विरुद्धको आतङ्कवादी गतिविधिको निगरानी गर्न प्रयोग गरिएको जनाएको छ । यसैबीच, लेबनानको स्वास्थ्य मन्त्रालयले मृत्यु हुनेको सङ्ख्या वृद्धि भई २० जना पुष्टि भएको तथा मृतकको सङ्ख्या बढ्न सक्ने  रिपोर्ट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?