२६ जेष्ठ २०८२, आईतवार

एमालेलाई काठमाडौं महानगरले हुलाकबाट पठायो जरिवानाको पत्र

 

१० मंसिर , काठमाडौं । पार्टी मुख्यालय च्यासलमा पत्र बुझाउन गएको टोलीलाई रित्तोहात फर्काएको नेकपा एमालेलाई काठमाडौं महानगरपालिकाले हुलाकमार्फत जरिवानाको पत्र पठाएको छ ।

आइतबार जरिवानाको पत्र बुझाउन गएको महानगरको टोलीलाई एमालेले त्यसै पठाईदिएको थियो । महानगरले आज हुलाकमार्फत पत्र पठाएको हो । गत शुक्रबार काठमाडौंमा एमालेले गरेको जागरण सभामा फोहोर गरेको भन्दै महानगरले १ लाख जरिवाना तिराएको थियो । तर एमालेले भने काठमाडौँ महानगरका मेयर बालेन शाहले एमालेमाथि राजनीतिक स्टन्ट गरेको प्रस्टीकरण दिँदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment