२६ जेष्ठ २०८२, आईतवार

उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्ने, एनपीएलको खेल तालिका सार्वजनिक,

 

४ मंसिर, जनकपुर ।  यही मंसिर १५ गतेबाट हुने नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार सार्वजनिक गरेको खेल तालिकाअनुसार एनपीलएको उद्घाटन खेल विराटनगर किंग्स र जनकपुर बोल्ड्सबीच हुने भएको छ।

उनीहरूबीचको खेल मंसिर १५ गते दिउँसो १२:१५ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ। प्रतियोगिताका नियमित खेल भने मंसिर १७ गतेदेखि हुनेछन्। क्यानका अनुसार बिहान ९:१५ बजे पहिलो खेल र १:१५ बजे दोस्रो खेल हुनेछन्। मंसिर १६ गते कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि उपनिर्वाचन हुने भएकाले त्यो दिन खेल हुनेछैन।

क्यानले सार्वजनिक गरेको तालिका अनुसार मंसिर १७ गते पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोज भिड्दा दोस्रो खेलमा जनकपुर र कर्णाली याक्स आमने-सामने हुनेछन्। यस्तै, मंसिर १८  गते पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स तथा दोस्रो खेलमा चितवन राइनोज् र पोखरा एभेन्सर्ज भिड्नेछन्। लिग चरणका खेलहरू पुस १ गतेसम्म चल्ने क्यानले जनाएको छ। क्यानका अनुसार लिगको शीर्ष दुईमा स्थान बनाउने टोलीले सिधै क्वालिफायर खेल्नेछन्।

तेस्रो र चौथो स्थानका टोलीले एलिमिनेटर खेल्नेछन्। एलिमिनेटर खेल पुस २ गते बिहान ९:१५ मा हुनेछ। क्वालिफायरको खेल भने दिउँसो १:१५ बजे हुनेछ। दुवै खेल पुस ३ गते हुने क्यानले  जनाएको छ। क्यानका अनुसार क्वालिफायर १ मा पराजित भएको टोली र एलिमिनेटरको विजेताले दोस्रो क्वालिफायर खेल्नेछन्। यो खेल पुस ४ गते दिउँसो १२:१५ मा हुनेछ।  फाइनल खेल पुस ६ गते शनिबार दिउँसो १२:१५ मा हुने क्यानले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?