११ श्रावण २०८२, शनिबार

जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

२ मंसिर डोटी ।

शिखर नगरपालिका–८ खुनस्थित भीमदत्त राजमार्गमा सवारी दुर्घटना हुँदा दिपायल सिलगढी नगरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउदको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार साँझ  डडेल्धुराबाट दिपायलतर्फ आइरहेको मोटरसाइकललाई जिपले ठक्कर दिँदा मोटरसाइकलमा सवार साउदको मृत्यु भएको हो ।

दुर्घटनामा  घाइते भएका मोटरसाइकल चालक प्रकेश विकलाई सुजङ्ग अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि धनगढी पठाइएको छ । ठक्कर दिने जीप र त्यसका चालककको खोजी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?