कांग्रेस सांसद बजगाईविरूद्ध मन्त्री पाण्डेले दिए उजुरी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक ३०, २०८१
|
|
३७ पटक हेरिएको
Shares
कांग्रेस सांसद बजगाईविरूद्ध मन्त्री पाण्डेले दिए उजुरी

सारांश

  • आफूविरूद्ध बजगाईले श्रृंखलाबद्ध रूपमा ‘कुप्रचार’ गरेको भन्दै मन्त्री पाण्डेले सचिवालयका सदस्यमार्फत कांग्रेस अनुशासन समिति र संसदीय दलमा उजुरी दिएका हुन्।
  • पार्टी अनुशासन समितिमा बिहीबार र संसदीय दलमा शुक्रबार उजुरी दिएको मन्त्री पाण्डेको सचिवालयले जनाएको छ।
  • उजुरीमा आफू मन्त्री नियुक्त भएदेखि नै कांग्रेस गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसदसमेत रहेका पर्यटन व्यवसायी बजगाईले श्र‌ृंखलाबद्ध रूपमा विभिन्न आरोप लगाइरहेको मन्त्री पाण्डेले उल्लेख गरेका छन्।

 

३० कार्तिक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले कांग्रेसकै प्रतिनिधि सभा सांसद राजेन्द्र बजगाईविरूद्ध उजुरी दिएका छन्।

आफूविरूद्ध बजगाईले श्रृंखलाबद्ध रूपमा ‘कुप्रचार’ गरेको भन्दै मन्त्री पाण्डेले सचिवालयका सदस्यमार्फत कांग्रेस अनुशासन समिति र संसदीय दलमा उजुरी दिएका हुन्। पार्टी अनुशासन समितिमा बिहीबार र संसदीय दलमा शुक्रबार उजुरी दिएको मन्त्री पाण्डेको सचिवालयले जनाएको छ। उजुरीमा आफू मन्त्री नियुक्त भएदेखि नै कांग्रेस गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसदसमेत रहेका पर्यटन व्यवसायी बजगाईले श्र‌ृंखलाबद्ध रूपमा विभिन्न आरोप लगाइरहेको मन्त्री पाण्डेले उल्लेख गरेका छन्।

‘नेपाली कांग्रेसको निर्वाचित सांसदले पार्टीको आन्तरिक अनुशासन र मेरो व्यक्तिगत इमान र निष्ठामा धावा बोल्ने गरी भए गरेका निराधार आरोपले मेरो व्यक्तिगत भावनामाथि मात्र गम्भीर चोट नपुगी पार्टीको विचार, सिद्धान्त र आदर्शमा समेत आँच पुगेको छ। लोकतन्त्र र विधिको शासनमा यस खाले अवाञ्छित क्रियाकलापलाई कानुनको दायरामा नल्याएसम्म अराजकताले प्रोत्साहन पाई इमान र निष्ठाको उपहास हुनेछ,’ उजुरीमा लेखिएको छ। बजगाईले मन्त्री पाण्डेलाई लक्ष्य गर्दै एक क्यासिनो इजाजत दिँदा भ्रष्टाचार गरेको उल्लेख गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए। उक्त स्टाटसलाई लिएर समाचार पनि प्रकाशित भएका थिए।

समाचार सार्वजनिक भएलगत्तै मन्त्री पाण्डेले आफूमाथि निराधार आरोप लागेकाले त्यसविरूद्ध कानुनी बाटो अपनाउने बताएका थिए। ‘मन्त्रीको शपथ भएको मितिदेखि श्रृंखलाबद्ध रूपमा मन्त्रालयको कामकारबाही र मेरो व्यक्तिगत चरित्र र मानमर्यादामा आँच पुग्ने गरी कुत्सित मनसायका साथ घुस/रिसवत जस्तो गम्भीर आरोप लगाइ, कुप्रचार–प्रसार गर्दै मेरो व्यक्तिगत नैतिक आचारण र ख्यातिमा दोष लगाउने जस्ता कलुसित, अमर्यादित र गैर कानूनी कार्य गरी आउनुभएको छ। यस कार्यले कांग्रेस पार्टी र मेरो व्यक्तिगत चरित्र र पार्टीको आन्तरिक अनुशासन तथा अंगिकार गरेका मूलभूत विचार र सिद्धान्तलाई समेत खलल पुर्‍याएको छ,’ उजुरीमा उल्लेख छ। बजगाईले कात्तिक २७ गते सामाजिक सञ्जाल एक्स र फेसबुकमार्फत आफूमाथि आधारहीन आरोप लगाएको र अराजक कार्यमाथि अनुसन्धान गरी आवश्यक कारबाही गर्न माग गर्दै मन्त्री पाण्डेले पार्टीमा उजुरी दिएका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
कान्तिलोकपथमा औषधि बोकेको ट्रक ब्रेकफेल भई दुर्घटना, सडक पूर्ण अवरुद्ध
कान्तिलोकपथमा औषधि बोकेको ट्रक ब्रेकफेल भई दुर्घटना, सडक पूर्ण अवरुद्ध
प्रचण्ड र गोपाल किरातीबीच ऐतिहासिक एकता घोषणा
प्रचण्ड र गोपाल किरातीबीच ऐतिहासिक एकता घोषणा
अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
यस्तो छ आजको सागसब्जी र फलफूल थोक मूल्य
यस्तो छ आजको सागसब्जी र फलफूल थोक मूल्य
देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृ*त्यु
देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृ*त्यु
वैशाखदेखि हालसम्म विपद्का २ हजार ८५३ घटना, १२६ जनाको मृत्यु
वैशाखदेखि हालसम्म विपद्का २ हजार ८५३ घटना, १२६ जनाको मृत्यु
बुढानीलकण्ठमा सुरु भयो कांग्रेस पदाधिकारी बैठक
बुढानीलकण्ठमा सुरु भयो कांग्रेस पदाधिकारी बैठक
सर्लाहीमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सर्लाहीमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सर्लाहीमा घर फोडेर चोरी गरेको आरोपमा दुईजना पक्राउ
सर्लाहीमा घर फोडेर चोरी गरेको आरोपमा दुईजना पक्राउ