दार्चुलामा दुई लाख रुपैयाँसहित ८ जना जुवाडे पक्राउ
२६ कात्तिक, धनगढी । दार्चुलामा दुई लाख रुपैयाँभन्दा बढी रकमसहित ८ जना जुवाडे पक्राउ परेका छन् ।

आइतबार साँझ मालिकार्जुन गाउँपालिका–४ ऐरीछानाका २५ वर्षीय किसन सिंह धामीको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय धनगढीकाअनुसार उनीहरुको साथबाट दुई लाख ३२ हजार ३७० रुपैयाँ नगद र तीन गड्डी तास बरामद गरिएको छ । पक्राउ परेका सबैलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment