२६ जेष्ठ २०८२, आईतवार

रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

 

२५ कात्तिक, पोखरा । तेस्रो पटक थपिएको म्याद पनि सकिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले अदालतमा उपस्थित गराउँदैछ ।

अनुसन्धानका लागि अदालतले कात्तिक १४ मा दिएको १० दिनको म्याद गएराति सकिएसँगै प्रहरीले उनलाई आइतबार अदालतमा उपस्थित गराउन लागेको हो । प्रहरीले पाएको म्याद सकिएपछि आज फेरि अदालत उपस्थित गराउन लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सहकारी ठगीमा कात्तिक २ मा पक्राउ परेका लामिछानेको अनुसन्धान जारी रहेकाले आज पनि प्रहरीले थप म्याद माग्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?