१४ श्रावण २०८२, मंगलवार

भीषण आगलागीबाट सर्लाही बरहथवामा पौने तीन करोडबराबरको क्षति

 

सर्लाही । अमलेश शर्मा

सर्लाही जिल्लाको बरहथवा नगरपालिका–७ स्थित बरहथवा बजारमा शुक्रबार राति भएको भीषण आगलागीबाट करिब तीन करोड रुपैयाँ बराबरको धनमाल क्षति भएको छ। स्थानीय किसुन दासको घरमा सञ्चालित विभिन्न पसलमा आगलागी हुँदा ठूलो आर्थिक क्षति भएको हो।

आगलागीबाट नरेश साहको राजवीर होलसेल किराना पसल, विजय दासको आलु भण्डार र सरोज राउत कुर्मीको कपडा सिलाउने टेलरमा क्षति पुगेको छ। इलाका प्रहरी कार्यालय बरहथवाका अनुसार किराना पसलमा चाडपर्वका लागि ठूलो परिमाणमा सामग्री भण्डारण गरिएको हुँदा सबैभन्दा बढी क्षति त्यही पसलमा भएको छ।

डिएसपी गौतम थापाका अनुसार राति प्रारम्भिक विवरण सङ्कलन गर्दा करिब पौने तीन करोड बराबरको क्षति भएको पुष्टि भएको छ। आगलागी नियन्त्रण गर्न सुरक्षाकर्मी, स्थानीय बासिन्दा र हरिवन नगरपालिकाको दमकलको मद्दत लिइएको थियो। आगो नियन्त्रणमा दुई घण्टाभन्दा बढी समय लागेको थियो, जसले राति ११ः३० बजे सुरु भएको आगलागी शनिबार बिहान २ बजेतिर मात्र नियन्त्रणमा आएको थियो। आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1

Post Comment

छुटाउनुभयो कि ?