सरकार सय दिनमा भ्रष्टाचारी बचाउन मात्रै केन्द्रित रह्योः प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक ७, २०८१
|
|
६६ पटक हेरिएको
Shares
सरकार सय दिनमा भ्रष्टाचारी बचाउन मात्रै केन्द्रित रह्योः प्रचण्ड

सारांश

  • बुधबार बिहान पार्टीनिकट नेपाल बुद्धिजीवी संगठनका पदाधिकारीहरुसँगको भेटमा प्रचण्डले सरकार गठन हुँदा जे आशंका गरिएको थियो सय दिनसम्म आइपुग्दा त्यस्तै देखिएको बताएका हुन्।
  • ‘सरकारको सय दिन पुगेको छ, सरकार गठन हुँदा नै हामीले जे आशंका गरेका थियौं, सय दिनको बीचमा त्यसलाई नै पुष्टि गर्ने काम गरेको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘विपक्षी दलहरुले मात्रै होइन, नागरिक समाजका अगुवा र स्वयं सत्तारुढ दलका नेताहरुले समेत असन्तुष्टि जनाइरहेका छन्।
  • यसबाट सरकार गर्नुपर्ने काममा चुकेको र गर्न नहुने काममा मात्रै केन्द्रित भएको स्पष्ट हुन्छ।

७ कार्तिक, काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार सय दिनमा भ्रष्टाचारीको संरक्षणमा मात्रै केन्द्रित रहेको टिप्पणी गरेका छन्। बुधबार बिहान पार्टीनिकट नेपाल बुद्धिजीवी संगठनका पदाधिकारीहरुसँगको भेटमा प्रचण्डले सरकार गठन हुँदा जे आशंका गरिएको थियो सय दिनसम्म आइपुग्दा त्यस्तै देखिएको बताएका हुन्।

‘सरकारको सय दिन पुगेको छ, सरकार गठन हुँदा नै हामीले जे आशंका गरेका थियौं, सय दिनको बीचमा त्यसलाई नै पुष्टि गर्ने काम गरेको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘विपक्षी दलहरुले मात्रै होइन, नागरिक समाजका अगुवा र स्वयं सत्तारुढ दलका नेताहरुले समेत असन्तुष्टि जनाइरहेका छन्। यसबाट सरकार गर्नुपर्ने काममा चुकेको र गर्न नहुने काममा मात्रै केन्द्रित भएको स्पष्ट हुन्छ।’

उद्योगहरुको बक्यौता महसुल उठाउन खोज्दा विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोज्ने, सामान्य प्राविधिक त्रुटिलाई लिएर उपसभामुख हटाउन खोज्नेदेखि पछिल्लो समय प्रधानमन्त्री स्वयंले नेतृत्व गरेको दलले विवादित व्यवसायीबाट जग्गा दान लिनेसम्मको अवस्थाले यो सरकार भ्रष्टाचारीको पक्षमा छ भन्ने पुष्टि भएको उनले बताए।सरकारका गलत रवैया रोक्न र गर्नुपर्ने काममा ध्यान दिन आग्रह गर्दै पाँच विपक्षी दलहरुले ज्ञापनपत्र बुझाइसकेको उल्लेख गर्दै उनले राष्ट्रपतिलाई भेटेर पनि सरकारका क्रियाकलापको ध्यानाकर्षण गराउने बताए।

उनले अब आफ्नो पार्टीले सरकारका गलत क्रियाकलापको विरोधमा सडकबाट समेत आवाज उठाउने तयारी गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आगामी कात्तिक १० गते पार्टीका बागमती, विशेष र समन्वय प्रदेश समितिको आयोजनामा काठमाडौंमा खबरदारी सभा गर्न थालिएको जानकारी दिए। उनले पार्टीको पक्षमा देशव्यापी राम्रो माहोल बन्दै गएको उल्लेख गर्दै बुद्धिजीवी संगठनलाई पनि सोहीअनुसार आफ्नो भूमिका बढाउन आग्रह गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँमा आज बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु
काठमाडौँमा आज बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु
आर्थिक सर्वेक्षणः आर्थिक वृद्धि ३.८५ प्रतिशत र प्रतिव्यक्ति आय १,५३५ डलर पुग्ने प्रक्षेपण
आर्थिक सर्वेक्षणः आर्थिक वृद्धि ३.८५ प्रतिशत र प्रतिव्यक्ति आय १,५३५ डलर पुग्ने प्रक्षेपण
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
प्रधानमन्त्री कार्कीलाई उज्यालो नेपाल पार्टीले बुझायो बधाई ज्ञापन
प्रधानमन्त्री कार्कीलाई उज्यालो नेपाल पार्टीले बुझायो बधाई ज्ञापन
जहाजले ठक्कर दिँदा घाइते भएका स्टेसन प्रमुख काठमाडौँ रिफर
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
प्रधानमन्त्री ओली सुर्खेत जाँदै, प्रदेश सभालाई सम्बोधन गर्ने
प्रधानमन्त्री ओली सुर्खेत जाँदै, प्रदेश सभालाई सम्बोधन गर्ने
यू–१९ विश्वकप फाइनलः उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्दै
यू–१९ विश्वकप फाइनलः उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्दै
परराष्ट्रमन्त्रीलाई प्रभु साहको प्रश्न : कति नेपालीले विदेशी नागरिकता लिए ?
परराष्ट्रमन्त्रीलाई प्रभु साहको प्रश्न : कति नेपालीले विदेशी नागरिकता लिए ?
बाजुराको हिमालीका अधिकांश अन्धकार बस्ती आठ महिनापछि पुनः झिलिमिली
बाजुराको हिमालीका अधिकांश अन्धकार बस्ती आठ महिनापछि पुनः झिलिमिली