सर्लाहीमा १० केजी गाँजासहित युवक पक्राउ
सर्लाही, ३ कात्तिक
सर्लाही जिल्लाको ब्रहम्पुरी गाउँपालिका-५ सखुअवामा प्रहरीले १० केजी गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा २१ वर्षीय पंकज साह रहेका छन्। प्रहरीले साहको घरमा लागुऔषध गाँजा लुकाई राखिएको जानकारी पाएपछि घरमा छापा मार्दै उनलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाही र प्रहरी चौकी पर्साबाट खटिएको टोलीले साहलाई मिति २०८१ कात्तिक ३ गते नियन्त्रणमा लिएको हो। प्रहरीले उनको घरबाट करिब १० केजी लागुऔषध गाँजा बरामद गरेको छ। पक्राउपछि साहलाई सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
1
+1
+1
Post Comment