एनपीएलमा नेपालका राष्ट्रिय खेलाडीहरुको विभिन्न मूल्य तोकियाे

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २९, २०८१
|
|
२० पटक हेरिएको
Shares
एनपीएलमा नेपालका राष्ट्रिय खेलाडीहरुको विभिन्न मूल्य तोकियाे

सारांश

  • एनपीएलमा १२ खेलाडी १५ लाख मूल्यमा विकेका छन् ।
  • अक्सनमा १२ खेलाडी सर्वाधिक १५ लाख रुपैयाँ मूल्य हालेका छन् ।
  •  प्रतिश जिसी, लोकेश बम, ललितनारायण राजवंशी, अनिलकुमार साह, गुलसन झा, साहब आलम, भीम सार्की, सूर्य तामाङ, सन्दीप जोरा, विवेक यादव, सागर ढकाल र आरिफ शेख १५ लाख रुपैयाँमा बिकेका हुन्।

 

२९ असोज , काठमाडौँ, २९ असोज : नेपाल प्रिमियर लिग(एनपीएल)मा नेपालका राष्ट्रिय खेलाडीहरुको विभिन्न मूल्य तोकिएको छ । एनपीएलमा १२ खेलाडी १५ लाख मूल्यमा विकेका छन् ।

अक्सनमा १२ खेलाडी सर्वाधिक १५ लाख रुपैयाँ मूल्य हालेका छन् ।  प्रतिश जिसी, लोकेश बम, ललितनारायण राजवंशी, अनिलकुमार साह, गुलसन झा, साहब आलम, भीम सार्की, सूर्य तामाङ, सन्दीप जोरा, विवेक यादव, सागर ढकाल र आरिफ शेख १५ लाख रुपैयाँमा बिकेका हुन्। । प्रतिश र लोकेश विराटनगर किङ्स, ललित र अनिल जनकपुर बोल्ट्स, गुलसन कर्णाली याक्स, साहब आलम र भीम काठमाडौं गुर्खाज, सूर्य, विवेक र सन्दीप लुम्बिनी लायन्स, सागर पोखरा एजेन्जर्स र आरिफ सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका हुन् ।

विराटनगरले बसिर अहमदलाई १० लाख, राजेश पुलामी मगर, जितेन्द्र मुखिया, अनिल खरेल र दीपक बोहरालाई पाँच लाख तथा सुवास भण्डारीलाई दुई लाख ५० हजार, नरेन भट्ट र मृणाल गुरुङलाई दुई लाखमा अनुबन्ध गरेको छ । विराटनगरका मार्की खेलाडीमा सन्दीप लामिछाने छन् । यस्तै चितवन राइनोजले रिजन ढकाल, कमलसिंह ऐरी र शरद् भेषवाकरलाई १० लाख, विपिन रावललाई आठ लाख, सन्तोष कार्की, दीपेश श्रेष्ठ, अमरसिंह रौटेला र दीपक बोहरालाई जनही पाँच लाख तथा रञ्जित कुमारलाई तीन लाख र गौतम केसीलाई दुई लाखमा टोलीमा भित्र्याएको छ। चितवनको मार्की खेलाडी कुशल मल्ल छन् ।

त्यस्तै, जनकपुर बोल्ट्सले रुपेश सिंह, किशोर महतो र आकाश त्रिपाठीलाई १० लाखमा विकेका छन् भने शुभ कंसाकार, शेर मल्ल र हेमन्त धामीलाई पाँच लाख हालेका छन् । त्यस्तै, अरनिकोप्रसाद यादव दुई लाख २५ हजार र तुलबहादुर थापामगर दुई लाखमा खरिद गरेको छ । कर्णाली याक्सले नन्दन यादवलाई ११ लाख, देव खनाल, मौसम ढकाल, अर्जुन घर्तीलाई १० लाख, रित गौतम र भुवन कार्कीले पाँच लाख तथा दीपेन्द्र रावत र दीपक डुम्रेलाई तीन लाख रुपैयाँमा खरिद गरेको छ । त्यस्तै, कर्णालीको खेलाडी सोमपाल कामी हन । काठमाडौं गुर्खाजले राखसिद खानलाई १० लाख, शंकर रानालाई नौ लाख ५० हजार, सुमित महर्जन, कृष्ण कार्की र दीपेश कँडेललाई पाँच लाख तथा विवेक केसी, प्रतिक क्षेत्र र राजु रिजाललाई दुई लाख रुपैयाँमा टोलीमा अनुबन्ध गरेको छ। काठमाडौंको मार्की खेलाडी करण केसी हुन् ।

यसैगरी रोहित पौडेल मार्की खेलाडी रहेको लुम्बिनी लायन्सले तिलक भण्डारी र आशुतोष घिरैयालाई १० लाख, दुर्गेश गुप्तालाई आठ लाख, अर्जुन साउदलाई पाँच, दिनेश अधिकारीलाई दुई लाख ७५ हजार तथा अभिनाश गौतम र विकाश आग्रीलाई दुई लाखमा टोलीमा समेटेको छ । पोखरा एभेन्जर्सले आकाश चन्दलाई ११ लाख ५० हजार, किरण ठगुन्ना, नारायण जोशी र विपिन खत्री र दीलिप नाथलाई जनही १० लाख, तृप्तराज दास र सुनाम गौतमलाई पाँच लाख तथा दिनेश खरेल र अमृत गुरुङलाई दुई लाखमा अनुबन्ध गरेको छ । पोखराको मार्की खेलाडी कुशल भुर्तेल हुन् । यसैगरी सुदूरपश्चिम रोयल्सले अभिनाश बोहरालाई १२ लाख, विनोद भण्डारीलाई १० लाख, इशान पाण्डेलाई नौ लाख ५० हजार, अर्जुन कुमाललाई सात लाख ५० हजार, खड्क बोहरा र नरेश बुढाऐरलाई पाँच लाख, भोजराज भट्टलाई चार लाख ५० हजार, अमित श्रेष्ठलाई तीन लाख ५० हजार र नरेन साउदलाई दुई लाख रुपैयाँमा टोलीमा अनुबन्ध गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ