मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु
२७ असोज, झापा । झापाको मेचीनगर-७ इँटाभट्टामा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ।

आइतबार बिहान मेचीनगर-७ इँटाभट्टामा धुलाबारीबाट काँकरभिट्टतर्फ जाँदै गरेको होटल मेची क्राउनमा काम गर्ने अन्दाजी वर्ष ३५ का अविशेक लिम्बु सवार प्र.०१.१७ प ७४४ नम्बरको मोटरसाइकलले विपरित दिशातर्फ आउँदै गरेका साइकल यात्री सगरमाथा यातायातका चालक अन्दाजी ४५ वर्षीय डिकेन राजवंशीलाई ठक्कर दिएको थियो । घाइते राजवंशीलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
Related posts:
रौतहटमा एक वर्षमा ट्राफिक कारबाहीबाट १ करोड ४७ लाख राजस्व सङ्कलन, दुर्घटनामा ६६ को ज्यान गयो
बागमती र गण्डकीका केही ठाउँमा भारी वर्षा हुने, तराई-मधेशमा हावाहुरी
घाँस काट्ने मेसिन चलाउँदा करेन्ट लागेर दम्पतीको मृ*त्यु
मधेश प्रदेशका आठ जिल्लाको खानेपानी समाधानका लागि साझा जिम्मेवारी आवश्यक छ : मन्त्री यादव
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment