दशैँको मुखमा नेप्से २७.३९ अङ्कले घट्यो
२२ असोज, काठमाडौं- नेप्सेमा आज २७ अङ्कले घटेको छ । मंगलबार नेप्से २७.३९ अङ्कले घटेर २६६३.३२ विन्दुमा रोकिएको हो ।
दशैंको बिदा हुन एक दिन अगाडि आज मंगलवार सेयर बजारमा गिरावट आएको हो ।आज ३०० कम्पनिको कारोबार हुदा एक करोड ३ लाख ३० हजार ५०२ कित्ता शेयर ४ अर्ब ५९ करोड ३७ लाख २७ हजार २४४ को खरिद बिक्री भएको छ । नेप्सेका अनुसार आज मिड सोलु हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने इस्टर्न हाइड्रोको शेयरमा ८.५० प्रतिशतले घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment