तिहारअघि खुर्कोट-मन्थली पुल सञ्चालनमा ल्याउने तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २१, २०८१
|
|
४२ पटक हेरिएको
Shares
तिहारअघि खुर्कोट-मन्थली पुल सञ्चालनमा ल्याउने तयारी

सारांश

  • वर्षासँगै आएको बाढी क्षतिग्रस्त बनाएको सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली जोड्ने पुल तिहार अघिसम्म निर्माण गरिसक्ने लक्ष्य राखिएको छ ।
  • खुर्कोट-मन्थली वारपार गर्न सुनकोशी नदीमाथि पक्की पुल र बेली ब्रिज सञ्चालनमा थिए ।
  • तर, ११ र १२ असोजमा सुनकोशी नदीमा आएको बाढीले बेली ब्रिज बगाउनुका साथै पक्की पुलमा समेत क्षति पुर्‍याएको थियो ।

 

२१ असोज, काठमाडौं । वर्षासँगै आएको बाढी क्षतिग्रस्त बनाएको सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली जोड्ने पुल तिहार अघिसम्म निर्माण गरिसक्ने लक्ष्य राखिएको छ ।

खुर्कोट-मन्थली वारपार गर्न सुनकोशी नदीमाथि पक्की पुल र बेली ब्रिज सञ्चालनमा थिए । तर, ११ र १२ असोजमा सुनकोशी नदीमा आएको बाढीले बेली ब्रिज बगाउनुका साथै पक्की पुलमा समेत क्षति पुर्‍याएको थियो । त्यसपछि अहिले खुर्कोट-मन्थली यातायात ठप्प छ । पैदल यात्रीहरु समेत बाढीले जिर्ण बनाएको झोलुंगे पुलमा जोखिम मोलेर वारवार गर्दै आएका छन् । खुर्कोट-मन्थली पुलमा क्षति पुगेपछि अहिले स्थानीयहरु जोखिम मोलेर सिन्धुलीको गोलञ्जोर गाउँपालिका-६ बलेनी र आनामानेबिचमा रहेको रामेछाप नगरपालिका-९ मा जोडिएको क्षतिग्रस्त झोलुंगे पुलमा जोखिम मोलेर वारपार गर्दै छन् । सिन्धुलीतर्फको वीपी राजमार्ग र रामेछापतर्फको मध्यपहाडी राजमार्ग समेत जोड्ने पुलमा सुनकोशीले क्षति बनाएपछि अहिले त्यसको पुनर्निर्माण प्रक्रिया अघि बढाइएको छ । खुर्कोट-मन्थली पक्की पुलको रामेछापतर्फको मुखको भागमा क्षति पुगको छ । सडक डीभीजन कार्यालय सिन्धुलीका प्रमुख पारसमणि हमालकाअनुसार रामेछापतर्फको मुखको ५० मिटर पुनर्निर्माण गर्नुपर्ने अवस्था आएको छ ।

‘पुलको दुवैतर्फको मुखमा क्षति पुगेको छ । खुर्कोटतर्फको क्षति सामान्य डोजरकै प्रयोगबाट निर्माण हुनसक्छ । तर रामेछापतर्फको मुखमा ५० मिटर जति पुनर्निर्माण गर्नुपर्ने हुन्छ’ हमालले अनलाइनखबरसँग भने । ५० मिटरजति नयाँ स्ल्याब नै थपेर पक्की पुल पुनर्निर्माण गर्नुपर्ने भए पनि अहिले भने जतिसक्दो छिटो बेली बिज्र जोडेर पुल सञ्चालनमा ल्याउने गरी काम सुरु गरिएको छ । बेली ब्रिज निर्माणका लागि सडक डिभिजन कार्यालय हेटौंडाबाट सामानहरु समेत ल्याउन थालिएको छ । सडक डिभिजन कार्यालय सिन्धुलीका प्रमुख हमालकाअनुसार शनिबारदेखि हेटौंडाबाट बेली ब्रिजको सामानहरु ल्याउन थालिएको छ । उनका अनुसार अहिलेसम्म ७० प्रतिशत समान खुर्कोट आइसकेको छ । बाँकी ३० प्रतिशत सामान पनि आइतबार रातिसम्म भए पनि खुर्कोट झार्ने योजना रहेको छ । डिभिजन कार्यालय हेटौंडामा रिजर्भमा राखिएका बेली ब्रिजका सामानहरु अहिले खुर्कोट आइपुगको हुन् । हमालका अनुसार सडक डिभिजन कार्यालयहरुमा रिजर्भको रुपमा बेली ब्रिजका सामानहरु राखिंदै आएको छ । यस्तै विपत्तिहरुमा ती सामानहरु प्रयोग हुँदै आएका छन् ।

उक्त बेली ब्रिज बनाउने जिम्मा भने नेपाली सेनालाई दिइएको छ । त्यसका लागि प्राविधिक तथा इन्जिनिरसहितको नेपाली सेनाको १६ जनाको टोली खुर्कोटमा खटिसकेकोे छ । ‘हाम्रो प्राविधिकसहितको टोली खुर्कोट पुगेर अध्ययन सुरु गरिसकेको छ । जतिसक्दो चाँडो सडक चालु गर्ने योजनासहित सेनाले काम गरिरहेको छ’ नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरव केसीले अनलाइनखबरसँग भने । सडक डिभिजन कार्यालयसँगै समन्य गरेर नेपाली सेनाको टोलीले अहिले बेली ब्रिज राख्नुपूर्वको प्रि-वर्कको कामहरु गरिरहेको छ । यसमा नक्सांकनदेखि कसरी काम गर्ने भन्ने विषयहरु अध्यनन भइरहेका छन् । ५० मिटरको बेली ब्रिज बनाउन सामान्य अवस्थामा १२ देखि १५ दिन लाग्ने इन्जिनियर हमाल बताउँछन् । तर, अहिले खुर्कोटमा बेली ब्रिज बनाउने ठाउँमा अफ्ठ्यारो पहरो भएका कम्तीमा पनि २०/२२ दिनसम्म लाग्ने उनी बताउँछन् । सकेसम्म तिहारअघिसम्म सञ्चालनमा ल्याउने गरी काम सुरु गर्ने तयारी रहेको छ । तर, सञ्चालनमा ल्याउन सकिने/नसकिने अहिले यकिन गर्न मिल्ने अवस्था नरहेको उनी बताउँछन् ।

‘तिहारअघिसम्म सञ्चालनमा ल्याउने लक्ष्य हाम्रो छ । त्यहाँको भूगोल जटिल रहेकाले यसै भन्ने अवस्था अहिले छैन’ उनले भने । यसका साथै नेपाली सेनाले रोशी गाउँ पालिकामा पर्ने बीपी राजमार्गको निर्माणमा पनि सक्रिय भएको छ । बीपी राजमार्गको वैकल्पिक व्यवस्थापन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाली सेनाका प्राविधिकसहितको टोलीले अध्ययन गरेको थियो । अहिले स्थानीय तहसहितको सहयोगमा काम भइरहेको छ । यद्यपि बीपी राजमार्ग दशैंअघि सञ्चालनमा नआउने भनेर पत्रकार सम्मलेन नै गरेर यसअघि नै भौतिक तथा पूर्वाधार मन्त्रालयका सचिव केशव शर्माले बताएका थिए । यसका साथै कान्ती लोकपथ निमार्णको लागि पनि नेपाली सेना खटिएको छ । त्यसैगरी ताप्लेजुङको हेवा खेलामा पनि सडक पुल निर्माणको लागि नेपाली सेनाले काम गरेको थियो ।  मेची राजमार्गमा पर्ने ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामा अस्थायी रुपमा मानिसहरु आवत जावत गर्न मिल्ने गरी सेनाले पुल निर्माण गरेको छ ।

तारको लड्ठामा बाँस बिच्छ्याएर अहिले हेवा खोला वारपार गर्न मिल्ने गरी काम सम्पन्न गरिएको सेनाले जनाएको छ । यता सशस्त्र प्रहरी बलले इलामको माइखोला राजमार्गको पनि काम तिव्र गतिमा अघि बढाएको छ । यो राजमार्ग हुँदै ताप्लेजुङसम्म पुग्न सकिन्छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको तथ्यांकअनुसार २१ हजार ५ सय मिटर सडक क्षतिग्रस्त भएको छ । जसको मर्मत गरी यातायात सञ्चालन गर्न अनुमानित एक अर्ब ५० करोड रुपैयाँ लाग्ने अनुमान छ । त्यसैगरी बेली ब्रिजतर्फ २०० सय मिटर क्षति भएको छ । यसको पुनर्निर्माणका लागि २० करोड रुपैयाँ खर्च लाग्ने अनुमान छ । त्यस्तै ४१० मिटर पक्की पुलमा क्षति भएको छ । यसको पुनर्निर्माणका लागि ८२ करोड रुपैयाँ खर्च लाग्ने अनुमान छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षा मन्त्रीको राजीनामासँग कुनै सम्झौता हुँदैन : कक्रोच जनता पार्टी
शिक्षा मन्त्रीको राजीनामासँग कुनै सम्झौता हुँदैन : कक्रोच जनता पार्टी
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
जेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी छ : रवि लामिछाने
जेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी छ : रवि लामिछाने
डीपी अर्याललाई सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा आज गरिदै
डीपी अर्याललाई सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा आज गरिदै
सुर्तीजन्य पदार्थ बिक्री रोक्ने महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश
सुर्तीजन्य पदार्थ बिक्री रोक्ने महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश
अफगानिस्तानद्वारा नेपाललाई ३०१ रनको चुनौती
कारको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते
कारको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते
न्याय सम्पादनलाई गति दिन शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरिएको हो : प्रधानमन्त्री शाह
न्याय सम्पादनलाई गति दिन शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरिएको हो : प्रधानमन्त्री शाह
संविधान दिवसको अवसरमा लक्ष्मी बल्ड कनेक्टसद्वारा खुल्ला रक्तदान
संविधान दिवसको अवसरमा लक्ष्मी बल्ड कनेक्टसद्वारा खुल्ला रक्तदान
एमाले कोशी प्रदेशको नेतृत्व चयनका लागि रातभर मतदान, आज बिहान सकियो
एमाले कोशी प्रदेशको नेतृत्व चयनका लागि रातभर मतदान, आज बिहान सकियो