हैटीमा गोली हानाहान हुँदा ७० जनाको मृत्यु
१९ असोज, काठमाण्डौ – हैटीमा भएको गोली हानाहानमा महिला र बालबालिकासहित कम्तीमा ७० जनाको ज्यान गएको छ । संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले पोर्ट सोन्डेमा गिरोहबाट भएको पछिल्लो आक्रमणमा कम्तीमा १६ जना गम्भीर घाइते भएको र केही घर तथा गाडीमा आगलागी भएको उल्लेख गरेको छ ।

संयुक्त राष्ट्र सङ्घ मानव अधिकार विभागका प्रवक्ता थामिन अल–खितानले यो घटनाले थप त्रास बढाएको बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ । गिरोहहरूले राजधानी पोर्ट–ओ–प्रिन्स कब्जा गरेका छन् भने सुरक्षा र स्वास्थ्य प्रणाली प्रायः ध्वस्त अवस्थामा छ । त्यहाँ गिरोह र सुरक्षाकर्मीबीच झडपका घटना हुँदै आएका छन् । हालै संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले हैटीमा यस वर्षको हिंसामा तीन हजार ६०० भन्दा धेरै मानिस मारिएका जनाएको थियो ।


Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment