सिन्धुपाल्चोकमा बाढीले २ वटा पुल बगायो, चीनसँगको सडक सम्पर्क विच्छेद
१२ असोज, नेपाल–चीनबीचको सडक सम्बन्ध विच्छेद भएको छ।
नेपाल र चीन जोड्ने कोदारी राजमार्ग अन्तर्गत भोटेकोसी गाउँपालिकामा पर्ने २ वटा पुल बाढीले बगाएपछि नेपाल र चीनबीचको सडक सम्पर्क विच्छेद भएको हो। भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पाका अनुसार, वडा नम्बर २ मा पर्ने दुईवटा पुुल बगाएको हो। लार्चामा रहेको बेलिब्रिज र तिपिङ खोलामा पर्ने अर्को एउटा फलामे पुल बगाएको शेर्पाले जानकारी दिए।
‘अरनिको राजमार्गमा पर्ने दुईवटा पुुल बगाएको छ, अहिले चीनसँगको सडक सम्बन्ध पूर्ण रुपमा बन्द भएको छ,’ शेर्पाले नेपालखबरसँग भने। साथै, जोखिमयुक्त ठाउँका स्थानीयलाई सुरक्षित स्थानमा लैजानका लागि आफूहरू लागिपरेको पनि जानकारी दिए। तातोपानी नाकाबाट दसैँका लागि आएका कयौँ ट्रकहरू बाटोमै अलपत्र परेको पनि शेर्पाले जानकारी दिए।
गत बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ। काठमाडौँ उपत्यकाका विभिन्न ठाउँहरू डुबानमा परेका छन्।
Post Comment