सर्लाहीको पूर्वीक्षेत्रमा विद्युत् सेवा अवरुद्ध, बिहानदेखि मर्मत गरिँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन १२, २०८१
|
|
३० पटक हेरिएको
Shares
सर्लाहीको पूर्वीक्षेत्रमा विद्युत् सेवा अवरुद्ध, बिहानदेखि मर्मत गरिँदै

सारांश

  •  लगातारको वर्षाका कारण पोल ढल्दा सर्लाहीको पूर्वक्षेत्रमा विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ।
  • त्यस्तै, जिल्लाको पश्चिमी क्षेत्रमा पनि आंशिक रूपमा विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण मलंगवा वितरण केन्द्रले जनाएको छ।
  • जिल्ला सदरमुकाम मलंगवाभन्दा पूर्वी क्षेत्रमा पर्ने ब्रह्मपुरी, चन्द्रनगर, पर्सा गाउँपालिका र हरिपुर्वा नगरपालिकाको सबै वडामा विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण मलंगवा वितरण केन्द्रका प्रमुख उमेशप्रसाद यादवले जानकारी दिए।

१२ असोज, सर्लाही । लगातारको वर्षाका कारण पोल ढल्दा सर्लाहीको पूर्वक्षेत्रमा विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ।

त्यस्तै, जिल्लाको पश्चिमी क्षेत्रमा पनि आंशिक रूपमा विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण मलंगवा वितरण केन्द्रले जनाएको छ। जिल्ला सदरमुकाम मलंगवाभन्दा पूर्वी क्षेत्रमा पर्ने ब्रह्मपुरी, चन्द्रनगर, पर्सा गाउँपालिका र हरिपुर्वा नगरपालिकाको सबै वडामा विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण मलंगवा वितरण केन्द्रका प्रमुख उमेशप्रसाद यादवले जानकारी दिए। त्यस्तै, ईश्वरपुर नगरपालिका–१७ सुकनाहामा पनि विद्युत् सेवा अवरुद्ध भएको उनले बताए।

ब्रह्मपुरी गाउँपालिको सखुअवामा वर्षाले ११ हजार भोल्टको पोल ढल्दा ब्रह्मपुरी गाउँपालिकाअन्तर्गत पर्ने साबिक ब्रह्मपुरी, नोकैल्वा, पडरिया, सखुअवा, चन्द्रनगर गाउँपालिकाअन्तर्गत पर्ने, बबरगञ्ज, पोखरिया, मोहनपुर, लोदवा, चन्द्रनगर, गढा टोल, नाढीमन, त्यस्तै, पर्सा गाउँपालिकाअन्तर्गत पर्ने, पर्सा, नारायणपुर, संग्रामपुर, जिङ्गडवा, कविलासा, र हरिपुर्वा नगरपालिकाअन्तर्गत पर्ने हरिपुर्वा, धनकौल, वसन्तपुरलगायत क्षेत्रमा शुक्रबार राती ८ बजेदेखि पूर्ण रुपमा विद्युत् सेवा अवरुद्ध भएको केन्द्रका प्रमुख यादवले जानकारी दिए।

त्यस्तै, वर्षाले सर्किट सर्ट भई तथा पोल ढलेर ग्रामीण फिडरबाट आपूर्ति हुने जिल्लाको पश्चिम क्षेत्रमा पनि आंशिक रूपमा विद्युत् सेवा अवरुद्ध भएको उनले बताए। ‘वर्षाले सर्लाहीको ठाउँठाउँमा पोल ढलेर तथा विद्युत् सर्किट सर्ट भएर सेवा अवरुद्ध भएको छ’, प्रमुख यादवले भने, ‘वर्षाले रातिको समयमा मर्मत गर्न समस्या भएका कारण शनिबार बिहानदेखि मर्मको कार्य सुरु गरिनेछ।’

पोल ढलेको वा विद्युत्सम्बन्धी कुनै समस्या आएको खण्डमा नेपाल विद्युत् प्राधिकरण मलंगवा वितरण केन्द्रको फोन नम्बर ०४६–५२०१६३, मोबाइल नम्बर ९७४६६७७५१० साथै जिल्लाको पश्चिमी क्षेत्रमा विद्युत्सम्बन्धी कुनै समस्या आएको खण्डमा तत्कालै गडहिया सबस्टेसनको मोबाइल नम्बर ९७६५७०४८३६ मा जानकारी गराई सहयोग गरिदिन कार्यालय प्रमुख यादवले सबैसँग अपिल गरे। बिहीबारदेखि लगातार भइरहेको वर्षाका कारण यहाँको जनजीवन कष्टकर बनेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजावादी र एमालेको प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोगको अपिल
राजावादी र एमालेको प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोगको अपिल
प्रधानमन्त्रीलाई चिनियाँ राजदूतको बधाई
प्रधानमन्त्रीलाई चिनियाँ राजदूतको बधाई
भारत सरकारद्वारा बाढीपीडितहरूका लागि एक करोड १८ लाख ५१ हजारभारु बराबरको सामग्री हस्तान्तरण
भारत सरकारद्वारा बाढीपीडितहरूका लागि एक करोड १८ लाख ५१ हजारभारु बराबरको सामग्री हस्तान्तरण
रक्षामन्त्री राई चढेको गाडीले मोटरसाइकललाई ठक्कर
रक्षामन्त्री राई चढेको गाडीले मोटरसाइकललाई ठक्कर
सिरहामा बालकको मृत्युपछि स्वास्थ्य केन्द्रमा तोडफोड
सिरहामा बालकको मृत्युपछि स्वास्थ्य केन्द्रमा तोडफोड
समर्थन गुमाएको सुदूरपश्चिमका मुख्यमन्त्रीले भेटे सभापति देउवालाई
समर्थन गुमाएको सुदूरपश्चिमका मुख्यमन्त्रीले भेटे सभापति देउवालाई
पर्यटक उद्धारको नाममा फेक रेस्क्यु धन्दा, तीन करोड रुपैयाँ शंकास्पद कारोबार
पर्यटक उद्धारको नाममा फेक रेस्क्यु धन्दा, तीन करोड रुपैयाँ शंकास्पद कारोबार
एमालेले टुंगो लगायो समानुपातिक सांसद, को-को परे ?
एमालेले टुंगो लगायो समानुपातिक सांसद, को-को परे ?
टेक्ससमा मुना पाण्डेको गोली हानी हत्या गरेको आशंकामा एक जना पक्राउ
टेक्ससमा मुना पाण्डेको गोली हानी हत्या गरेको आशंकामा एक जना पक्राउ
दुर्गा प्रसाईंको आरोप – कमल थापा र राजेन्द्र लिङ्देनका कारण राजसंस्था हट्यो
दुर्गा प्रसाईंको आरोप – कमल थापा र राजेन्द्र लिङ्देनका कारण राजसंस्था हट्यो