ग्यालेक्सीबाट रविले लिएका थिए एक करोडभन्दा बढी तलब, जीबीको कति ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन ४, २०८१
|
|
३७ पटक हेरिएको
Shares
ग्यालेक्सीबाट रविले लिएका थिए एक करोडभन्दा बढी तलब, जीबीको कति ?

सारांश

  • गोर्खा मिडिया नेटवर्कद्वारा सञ्चालित ग्यालेक्सी फोरके टेलिभिजनबाट रवि लामिछानेले डेढ बर्षको अवधिमा एक करोड रुपैयाँभन्दा बढी तलब लिएको खुलेको छ ।
  • तर हाल फरार रहेका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईले भने जम्मा ३० लाख मात्र तलब लिएको सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।
  • लामिछानेले आर्थिक वर्ष २०७८/७९ मा ७४ लाख ३६ हजार ५८७ र त्यसको अघिल्लो आवमा ३० लाख रुपैयाँ तलबबापत लिएका थिए ।

४ असोज, काठमाडौँ। गोर्खा मिडिया नेटवर्कद्वारा सञ्चालित ग्यालेक्सी फोरके टेलिभिजनबाट रवि लामिछानेले डेढ बर्षको अवधिमा एक करोड रुपैयाँभन्दा बढी तलब लिएको खुलेको छ ।तर हाल फरार रहेका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईले भने जम्मा ३० लाख मात्र तलब लिएको सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । लामिछानेले आर्थिक वर्ष २०७८/७९ मा ७४ लाख ३६ हजार ५८७ र त्यसको अघिल्लो आवमा ३० लाख रुपैयाँ तलबबापत लिएका थिए ।तर राईले भने २०७८/७९ मा मात्र ३० लाख तलब लिएको समितिको प्रतिवेदनमा उल्लेख छ ।सहकारी ठगीको आरोप लागेका राई हाल फरार छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेले आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् । विभिन्न सहकारीमार्फत  गोर्खामिडियामा ६५ करोड रुपैयाँभन्दा बढी रकम ट्रान्सफर भएको तथ्य समितिले खुलासा गरेको छ ।सोही रकमबाट लामिछानेले १ करोडभन्दा बढी तलब लिएका हुन् । गोर्खा मिडिया नेटवर्कमा तलबबापत २ आर्थिक वर्षमा १४ करोड ९३ लाख रुपैयाँभन्दा बढी खर्च भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुमाल बस्तीको ६ घरगोठ आगलागीबाट नष्ट
कुमाल बस्तीको ६ घरगोठ आगलागीबाट नष्ट
मधेशमा मुख्यमन्त्री नियुक्ति विवादको सुनुवाइ स्थगित
मधेशमा मुख्यमन्त्री नियुक्ति विवादको सुनुवाइ स्थगित
ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु
ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु
मनसुन थप सक्रिय हुँदै, आउँदो साता धेरै ठाउँमा वर्षा हुने
मनसुन थप सक्रिय हुँदै, आउँदो साता धेरै ठाउँमा वर्षा हुने
नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री
नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री
बुधबार राष्ट्रिय शोक दिवसमा देशभर सार्वजनिक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने
बुधबार राष्ट्रिय शोक दिवसमा देशभर सार्वजनिक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने
दुर्गा प्रसाईँको उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश
दुर्गा प्रसाईँको उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश
सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा कायम गर्नु हो : राष्ट्रपति
सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा कायम गर्नु हो : राष्ट्रपति
हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने
हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने
डोटीमा जीप दु*र्घटना हुदाँ २ जनाको मृ*त्यु
डोटीमा जीप दु*र्घटना हुदाँ २ जनाको मृ*त्यु