प्रस्तावित १७ राजदूतबारे निर्णय गर्दै सुनुवाइ समिति

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र ३०, २०८१
|
|
२३ पटक हेरिएको
Shares
प्रस्तावित १७ राजदूतबारे निर्णय गर्दै सुनुवाइ समिति

सारांश

  • विकास, आर्थिक मामिला तथा सुशासन समितिको हलमा बिहान बसिरहेको बैठकले प्रस्तावित राजदूतहरूको सम्बन्धमा छलफल र निर्णय गर्ने बताइएको छ ।
  •   बिहीबार सुनुवाइ सकिएका १७ देशका लागि सिफारिस राजदूतको सम्बन्धमा निर्णय गर्ने संघीय संसद सचिवालयले जनाएको छ ।
  •   सरकारले गएको साउन १४ गते एकसाथ १८ देशका निम्ति राजदूतमा विभिन्न व्यक्तिका नाम सिफारिस गरेको थियो ।

३० भदौ , संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठक आइतबार बस्दैछ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको हलमा बिहान बसिरहेको बैठकले प्रस्तावित राजदूतहरूको सम्बन्धमा छलफल र निर्णय गर्ने बताइएको छ ।  बिहीबार सुनुवाइ सकिएका १७ देशका लागि सिफारिस राजदूतको सम्बन्धमा निर्णय गर्ने संघीय संसद सचिवालयले जनाएको छ ।  सरकारले गएको साउन १४ गते एकसाथ १८ देशका निम्ति राजदूतमा विभिन्न व्यक्तिका नाम सिफारिस गरेको थियो । तीमध्ये एक जनाको नाम सरकारले फिर्ता लिएको थियो । सुनुवाइका निम्ति १७ जनाको नाम पठाइएको थियो ।समितिले सरकारले चीनका लागि प्रा. डा. कृष्णप्रसाद ओली, डेनमार्कका निम्ति सुम्निमा तुलाधर, जर्मनीका लागि डा. शैल रुपाखेती, भारतका निम्ति डा. शंकर शर्मा, इजरायलका लागि प्रा. धनप्रसाद पण्डित, मलेसियाका निम्ति डा. नेत्रप्रसाद तिमल्सिना, पाकिस्तानका लागि रीता धिताल, पोर्चुगलका निम्ति प्रकाशमणि पौडेललाई सिफारिस गरेको थियो । त्यस्तै, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका निम्ति जंगबहादुर चौहान, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका निम्ति प्रा. डा. कपिलमान श्रेष्ठ, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फे, स्पेनका निम्ति सनिल नेपाल, श्रीलंकाका लागि रामकृष्ण भट्टराई, बेलायतका निम्ति चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि लोकदर्शन रेग्मी छन् । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कारसँग ठोक्किएर बस त्रिशूली नदी किनारमा खस्यो, २० घाइते मध्ये ५ को अवस्था गम्भीर
कारसँग ठोक्किएर बस त्रिशूली नदी किनारमा खस्यो, २० घाइते मध्ये ५ को अवस्था गम्भीर
बाढी पहिरोमा ज्यान गुमाउनेको परिवारलाई तत्काल २ लाख राहत, घाइतेको नि:शुल्क उपचार
बाढी पहिरोमा ज्यान गुमाउनेको परिवारलाई तत्काल २ लाख राहत, घाइतेको नि:शुल्क उपचार
रास्वपा सर्लाहीको अधिवेशन अनिश्चितकालका लागि स्थगित
रास्वपा सर्लाहीको अधिवेशन अनिश्चितकालका लागि स्थगित
साफ यू–२० च्याम्पियनसिप खेल्ने माल्दिभ्स जाने पुरुष टोलीको बिदाइ
साफ यू–२० च्याम्पियनसिप खेल्ने माल्दिभ्स जाने पुरुष टोलीको बिदाइ
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
मिथिला माध्यमिकी परिक्रमा आज कञ्चन वन पुग्दै, आजैदेखि मिथिलाञ्चलमा होली सुरु
मिथिला माध्यमिकी परिक्रमा आज कञ्चन वन पुग्दै, आजैदेखि मिथिलाञ्चलमा होली सुरु
महाधिवेशन तयारीसहित रास्वपाको विस्तारित बैठक सौराहामा
महाधिवेशन तयारीसहित रास्वपाको विस्तारित बैठक सौराहामा
लुम्बिनी प्रदेशसभाको बैठक आजदेखि सुरु हुँदै
लुम्बिनी प्रदेशसभाको बैठक आजदेखि सुरु हुँदै
शंखरापुरको सानागाउँमा श्रीमतीको हत्यामा संलग्न श्रीमान् पक्राउ
शंखरापुरको सानागाउँमा श्रीमतीको हत्यामा संलग्न श्रीमान् पक्राउ
बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको श*व फेला
बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको श*व फेला