२५ भाद्र २०८२, बुधबार

नारायणगढ मुग्लिन सडकमा दुर्घटना : एक जनाको मृत्यु

 

२९ भदौ,।  भरतपुर महानगर पालिका वडा नम्बर १ स्थित नारायणगढ–मुग्लिन सडकमा भएको दुर्घटनाका एक जनाको मृत्यु भएको छ। शनिबार दिउँसो ४ : २० बजे  पानी ट्याङ्की ओरालोमा भएको सो दुर्घटनामा परी मृत्यु हुनेमा भरतपुर महानगर पालिका वडा नम्बर १ रामनगर निवासी ६४ वर्षीय राम थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो।  मुग्लिङबाट आपटारीतर्फ आउदै गरेको बा.प्र. ०१–०२६ च ५५१९  नम्बरको योद्धा गाडीले विपरीत दिशाबाट जाँदै गरेको गरेको ग २ ख ८५५ नम्बरको बसलाई ठक्कर हुँदा सो दुर्घटना भएको हो।  दुघटनाग्रस्त योद्दा गाडीले सडकमा गुडिरहेका थापा सवार साइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment