२६ जेष्ठ २०८२, आईतवार

भोटेकोसीमा बेपत्ता महिलाको शव फेला

 

२९ भदौ, काठमाडौं । सिन्धुपाल्चोकमा दुर्घटना हुँदा भोटेकोशी नदीमा खसेको बोलेरो गाडीमा सवार एक जना महिलाको शव भेटिएकाे छ ।प्रहरीका अनुसार शनिबार घटनास्थलबाट करिब १५ किलोमिटर दक्षिण त्रिपुरासुन्दरी गाउँपालिका-६ ड्यामसाईडस्थित सुनकोशी नदीको किनारमा रहेको ढुंगाको कापमा शव भेटिए हाे । सिन्धुपाल्चोक प्रहरीका डिएसपी निरञ्जन भट्टराईका अनुसार सुन्तली तामाङको शव फेला परेको हो। उनका ससुरा धनबहादुर तामाङले त्यसलाई सनाखत गरेका हुन। उक्त बोलेरोका चालक भने अझै भटिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment