मलंगवामा गणेश चतुर्थीको मुर्ति विसर्जनमा ढुंगा फाल्ने युवक पक्राउ 

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र २६, २०८१
|
|
३६ पटक हेरिएको
Shares
मलंगवामा गणेश चतुर्थीको मुर्ति विसर्जनमा ढुंगा फाल्ने युवक पक्राउ 

सारांश

  • मलंगवाको धार्मिक सद्भावमाथि खलल पुर्‍याउने कार्य गरेको भन्दै प्रहरीले गत सोमवार १ जनालाई पक्राउ गरेको छ।
  • मलंगवाको धार्मिक सद्भाव बिथोल्ने मनसायले गणेश चतुर्थीको मुर्ति विसर्जनका लागि जाँदै गरेको समुह माथि ढुंगा फालेको भन्दै पक्राउ गरेको हो।
  • पक्राउ पर्नेमा मलंगवा नगरपालिका वडा नं ३ बस्ने २३ वर्षिय फरिद साह रहेको बुझिएको छ।

 

सर्लाही। मलंगवाको धार्मिक सद्भावमाथि खलल पुर्‍याउने कार्य गरेको भन्दै प्रहरीले गत सोमवार १ जनालाई पक्राउ गरेको छ। मलंगवाको धार्मिक सद्भाव बिथोल्ने मनसायले गणेश चतुर्थीको मुर्ति विसर्जनका लागि जाँदै गरेको समुह माथि ढुंगा फालेको भन्दै पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मलंगवा नगरपालिका वडा नं ३ बस्ने २३ वर्षिय फरिद साह रहेको बुझिएको छ। सोमबार पक्राउ परेका साहलाई जिल्ला प्रशासन कार्यलय सर्लाहीबाट ५ दिनको म्याद थप गरि अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

गत वर्षपनि गणेश चतुर्थीको मुर्ति विसर्जनका लागि जाँदै गरेको समुह माथि ढुंगा र तातोपानी फालिएको भन्दै दुई समुदायबीच झडप भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?