राष्ट्रिय खेलाडीहरूको गंगालाल हृदयरोग केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण सुरुवात

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र २५, २०८१
|
|
३९ पटक हेरिएको
Shares
राष्ट्रिय खेलाडीहरूको गंगालाल हृदयरोग केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण सुरुवात

सारांश

  • सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले उनीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने कार्यको आज सुरुवात भएको छ ।
  • देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीहरूको मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षण सम्बन्धी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युवा तथा खेलकुट मन्त्रालयको पहलमा अस्पतासँग सम्झौता भएको हो ।
  • गत साउन २७ गते आफ्नो स्वास्थ्य क्षेत्रका योजना तथा प्राथमिकता घोषणाका क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले देशका लागि खेल्ने खेलाडीहरूको स्वास्थ्य परीक्षणका लागि मन्त्रालयले आवश्यक व्यवस्था गर्ने घोषणा गरेका थिए ।

२५ भदौ , काठमाण्डौ – राष्ट्रिय टिमका व्यवस्थापक र खेलाडीहरूको अबक निःशुल्क स्वास्थ्य परीक्षण हुने भएको छ ।सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले उनीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने कार्यको आज सुरुवात भएको छ । देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीहरूको मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षण सम्बन्धी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युवा तथा खेलकुट मन्त्रालयको पहलमा अस्पतासँग सम्झौता भएको हो । गत साउन २७ गते आफ्नो स्वास्थ्य क्षेत्रका योजना तथा प्राथमिकता घोषणाका क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले देशका लागि खेल्ने खेलाडीहरूको स्वास्थ्य परीक्षणका लागि मन्त्रालयले आवश्यक व्यवस्था गर्ने घोषणा गरेका थिए ।त्यसै अनुरुप स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेल र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको उपस्थितिमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र अस्पतालबीच खेलाडीको हरेक वर्ष मुटु परीक्षण गर्ने सम्बन्धी सम्झौता भएको हो । सम्झौताअनुसार यसका लागि आवश्यक आर्थिक व्यवस्थापन गंगालालले आफ्नै श्रोतबाट गर्नेछ । हाल केन्द्रकै तर्फबाट निःशुल्क परीक्षण भए पनि आगामी वर्षबाट थप वार्षिक कार्यक्रम बनाएर कार्यक्रम अघि बढाउने मन्त्रालयले तयारी गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ । घोषणाबाट अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा देशका तर्फबाट सहभागी राष्ट्रिय टिमका ७ सय ५७ खेलाडी लाभान्वित हुनेछन् । कार्यक्रमको प्यारालिम्पिकमा कास्य पदक विजेता पलेसा गोवर्द्धनको स्वास्थ्य परीक्षण गरेर परीक्षणको शुरूवात गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपालाई ओलीको कटाक्ष- रविको पक्षमा तीन करोड हस्ताक्षर पुर्‍याउलान् भन्ने डर छ
रास्वपालाई ओलीको कटाक्ष- रविको पक्षमा तीन करोड हस्ताक्षर पुर्‍याउलान् भन्ने डर छ
मकवानपुर प्रहरीद्वारा सुरक्षा जाँचमा कडाई
मकवानपुर प्रहरीद्वारा सुरक्षा जाँचमा कडाई
तीन दिनसम्म भेटिएनन् कर्णालीमा हराएका यात्रु
तीन दिनसम्म भेटिएनन् कर्णालीमा हराएका यात्रु
मध्यपूर्व तनाव : उद्धार र सहायताका लागि ६५ हजार बढी नेपालीले गरे नाम दर्ता
मध्यपूर्व तनाव : उद्धार र सहायताका लागि ६५ हजार बढी नेपालीले गरे नाम दर्ता
उच्चस्तरीय न्यायिक आयोग गठन गर्न राप्रपा नेपालको माग
उच्चस्तरीय न्यायिक आयोग गठन गर्न राप्रपा नेपालको माग
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
नेपाल प्रहरीका तीन डीआईजीको सरुवा : मधेस प्रदेशको जिम्मा आचार्यलाई
नेपाल प्रहरीका तीन डीआईजीको सरुवा : मधेस प्रदेशको जिम्मा आचार्यलाई
इजरायलमाथि झण्डै २ सय मिसाइल आक्रमण
इजरायलमाथि झण्डै २ सय मिसाइल आक्रमण
सञ्चारमन्त्री खरेलले गरे १०० दिनकोे प्र्रगति विवरण सार्वजनिक
सञ्चारमन्त्री खरेलले गरे १०० दिनकोे प्र्रगति विवरण सार्वजनिक
१० वर्षभित्र बाध्यात्मक वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य गर्छौंः मन्त्री भण्डारी
१० वर्षभित्र बाध्यात्मक वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य गर्छौंः मन्त्री भण्डारी
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...