२६ जेष्ठ २०८२, आईतवार

सुनवलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

 

२४ भदौ, काठमाडौं । नवलपरासी पश्चिममा मोटरसाइकल दुरंघटना हुँदा चालकको मृत्यु भएको छ ।आइतबार राति सुनवल नगरपालिका- १२ फरौली र रामग्राम नगरपालिका-११ को सिमानास्थित भित्री सडकमा लु१७प ८७८८ नं. को मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर भएका चालक सुनवल-९ स्वाठीका करिब २६ वर्षका रामनाथ कंवरको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि परासी अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?