२६ जेष्ठ २०८२, आईतवार

तयार हुन लाग्यो चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन

२३ भदौ, काठमाडौं । त्रिशूली नदी र त्यसका सहायक खोलामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा जोड्न निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ ।

रसुवाको आमाछोदिङ्मो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइन निर्माणका लागि अन्तिम चरणका काम भइरहेका छन् । प्रसारण लाइन निर्माणका बाँकी काम सम्पन्न गरी दशैंअगाडि नै सञ्चालनमा ल्याउने तयारी भइरहेको  आयोजनाले जनाएको छ । चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत नै २२०/१३२/३३ केभीका चिलिमे हब र त्रिशूली थ्री बी हब सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन् । प्रसारण लाइनमा पर्ने ७६ वटा टावरमध्ये ७५ वटाको निर्माण सम्पन्न भएको छ । एउटा टावर जडान कार्य अन्तिम चरणमा छ ।

२८ किलोमिटर प्रसारण लाइनमध्ये ५ किलोमिटर मात्र तार तान्न बाँकी छ । टावर जडान र बाँकी रहेको तार तान्न करिब २ सय जना श्रमिक परिचालित छन् । प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा निर्माण भएका १११ मेगावाटको रसुवागढी र ४२.५ मेगावाटको साञ्जेन जलविद्युत आयोजनाको विद्युत् यही प्रसारण लाइनमा जोडिने छ ।  दुवै आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादनको चरणमा छन् । यसले गर्दा पनि प्रसारण लाइन निर्माण जतिसक्दो छिटो सम्पन्न गर्नुपर्ने दबाबमा प्राधिकरण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment