गृह मन्त्रालयको सचिवमा गोकर्णमणि दुवाडी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २१, २०८१
|
|
३८ पटक हेरिएको
Shares
गृह मन्त्रालयको सचिवमा गोकर्णमणि दुवाडी

सारांश

  • गृह मन्त्रालयको सचिवको जिम्मेवारी गोकर्णमणि दुवाडीले पाएका छन् ।
  • बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुवाडीलाई गृह मन्त्रालयको जिम्मेवारी दिएको उच्च स्रोतले जानकारी दिएको छ ।
  • यसअघिका गृहसचिव एकनारायण अर्याल भदौ १४ मा मुख्यसचिव नियुक्त भएका थिए ।

२१ भदौ ,  काठमाडौँ । गृह मन्त्रालयको सचिवको जिम्मेवारी गोकर्णमणि दुवाडीले पाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुवाडीलाई गृह मन्त्रालयको जिम्मेवारी दिएको उच्च स्रोतले जानकारी दिएको छ । यसअघिका गृहसचिव एकनारायण अर्याल भदौ १४ मा मुख्यसचिव नियुक्त भएका थिए । नवनियुक्त गृहसचिव दुवाडी राष्ट्रिय तथ्याङ्क कार्यालयमा कार्यरत थिए । राष्ट्रपतिको कार्यालयमा कार्यरत नारायण प्रसाद शर्मा दुवाडी पनि गृह मन्त्रालयमा आउने दौडमा थिए । बिहीबारको मन्त्रिपरिषदमा गृहमन्त्री रमेश लेखक ढिला पुगे । उनी ढिला भएका कारण मन्त्रिपरिषद् बैठकमा त्यसबारे छलफल नभए पनि प्रधानमन्त्री र गृहमन्त्रीको सल्लाहमा गृहसचिवबारे निर्णय गर्ने भनिएको थियो । बिहीबारकै बैठकको निर्णयमा उल्लेख गर्ने गरी शुक्रवार गृह सचिवबारे निर्णय गरिएको प्रधानमन्त्री कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वाम एकताको प्रयास छोड्नु हुँदैन : प्रचण्ड
वाम एकताको प्रयास छोड्नु हुँदैन : प्रचण्ड
प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो
प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो
यसपालि दशैंमा नयाँ नोट नछाप्दा राज्यलाई डेढ अर्ब फाइदा, सटही पनि २५ अर्बले घट्यो
यसपालि दशैंमा नयाँ नोट नछाप्दा राज्यलाई डेढ अर्ब फाइदा, सटही पनि २५ अर्बले घट्यो
प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा
प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा
जेन–जी आन्दोलनमा प्रहरीको गोली लागी ज्यान गुमाएका सर्लाहीका सुवेदीको परिवारले पाए राहत 
जेन–जी आन्दोलनमा प्रहरीको गोली लागी ज्यान गुमाएका सर्लाहीका सुवेदीको परिवारले पाए राहत 
समय सान्दर्भिक हुलाक सेवा ऐन ल्याउँछौँ : मन्त्री गुरुङ
समय सान्दर्भिक हुलाक सेवा ऐन ल्याउँछौँ : मन्त्री गुरुङ
पूर्वविशिष्टलाई सुविधा दिन कानुन बनाउन लागिएको हो : गृहमन्त्री
पूर्वविशिष्टलाई सुविधा दिन कानुन बनाउन लागिएको हो : गृहमन्त्री
विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय आज उद्‍घाटन
विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय आज उद्‍घाटन
एमालेसँग लसपस गर्नेलाई केही भन्नु छैन, एकता सम्भव छैन : माधव नेपाल
एमालेसँग लसपस गर्नेलाई केही भन्नु छैन, एकता सम्भव छैन : माधव नेपाल
सावर्जनिक संस्थानका कर्मचारीहरुको एउटै बैठकको भत्ता ९ हजार रुपैयाँ सम्म
सावर्जनिक संस्थानका कर्मचारीहरुको एउटै बैठकको भत्ता ९ हजार रुपैयाँ सम्म