नयाँ घरमा पानी नहालेको निहुँमा घरझगडा हुँदा २ छोरीको हत्या !

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र १९, २०८१
|
|
३४ पटक हेरिएको
Shares
नयाँ घरमा पानी नहालेको निहुँमा घरझगडा हुँदा २ छोरीको हत्या !

सारांश

  • धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरेका अर्जुन कार्की इटहरी-भोजपुर ट्याक्सी चलाउँछन् ।
  • मोरङ, सुन्दरहरैंचामा दिदीको परिवारसहित बसेर नजिकै नयाँ घर पनि बनाउँदै छन् ।
  • जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार भोजपुरबाट फर्किंदा उनले श्रीमती र दुई छोरीका लागि माछा लिएर आएका थिए ।

१९ भदौ, विराटनगर । धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरेका अर्जुन कार्की इटहरी-भोजपुर ट्याक्सी चलाउँछन् । मोरङ, सुन्दरहरैंचामा दिदीको परिवारसहित बसेर नजिकै नयाँ घर पनि बनाउँदै छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार भोजपुरबाट फर्किंदा उनले श्रीमती र दुई छोरीका लागि माछा लिएर आएका थिए । घरमा आउने बितिकै श्रीमती अस्मितासँग विवाद सुरु भइहाल्यो । विवादको मियो थियो-बन्दै गरेको घरमा पानी नहाल्नु । आफूसँग विवादपछि अस्मिता दुई छोरीहरू आइका (१) र अर्पणा(३)लाई लिएर त्यही दिन राति करिब ८ बजेतिर डेराबाट निस्किएको श्रीमान अर्जुनले प्रहरीसमक्ष बयान दिएका छन् । उनी घरबाट त्यसको भोलिपल्ट दुवै बालिकाको शव अंगालो मारेको अवस्थामा शनिबार दिउँसो स्थानीय नारायण न्यौपानेको केराघारीभित्र भेटियो । नजिकै विषादीको बट्टा र अस्मिताको मोबाइल फोन पनि भेटिएको थियो । तर, अस्मिता भने त्यहाँ थिइनन् ।अर्जुनले प्रहरीलाई बताए अनुसार शुक्रबार राति  अस्मिताले ‘तेरो छोरी मारेर म पनि मर्छु’ भन्दै म्यासेज गरेकी थिइन् । त्यसपछि राति नै खोजी गरे नभेटेपछि प्रहरीलाई खबर गरे । शनिबार दिउँसो छोरीको शव भेटेपछि प्रहरीले महिलाले पनि आत्महत्या गरेको आशंकामा नजिकै रहेको जंगलमा सर्च अपरेसन चलायो । हत्यापछि आत्महत्या गरेको आशंकामा जंगलमा तर चार दिन खोजी गर्दा भेटिइनन् । अन्य क्षेत्रमा पनि खोजी गर्दा महिला झापाको बिर्तामोडमा फेला परेकी छन् । उनी मानसिक रुपमा विक्षिप्तावस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । ‘बेपत्ता भएकी आमालाई विर्तामोडमा हिडिरहेको अवस्थामा फेला पारेर ल्याएका छौं’, मोरङ प्रहरी प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतले भने, ‘घटनाबारे थप अनुसन्धान हुँदैछ ।’ सडकमा अस्वस्थ अवस्थामा फेला पारेकी उनलाई कोशी अस्पताल विराटनगरमा लगिएको छ । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । २ बालिकाको हत्या कसरी भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधानको मर्मअनुसार कानून निर्माण हुनुपर्छः मन्त्री खड्का
संविधानको मर्मअनुसार कानून निर्माण हुनुपर्छः मन्त्री खड्का
छुट्टाछुट्टै दुर्घटनामा १० जनाको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा १० जनाको मृत्यु
संविधान संशोधनका नाममा लोकतन्त्र कमजोर पार्ने प्रयास स्वीकार्य हुँदैन : श्रेष्ठ
संविधान संशोधनका नाममा लोकतन्त्र कमजोर पार्ने प्रयास स्वीकार्य हुँदैन : श्रेष्ठ
पाँच प्रदेशका ६०४ कार्यालयद्वारा कानूनविपरीत अर्बौं भुक्तानी
पाँच प्रदेशका ६०४ कार्यालयद्वारा कानूनविपरीत अर्बौं भुक्तानी
गणतन्त्रविरोधी गतिविधिलाई राजनीतिक दल र जनता एकजुट भएर अस्वीकार गर्नुपर्छ : सभामुख घिमिरे
गणतन्त्रविरोधी गतिविधिलाई राजनीतिक दल र जनता एकजुट भएर अस्वीकार गर्नुपर्छ : सभामुख घिमिरे
तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ
तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ
विश्वकप लिग-२ : स्कटल्याण्डसँग खेल्दै नेपाल
विश्वकप लिग-२ : स्कटल्याण्डसँग खेल्दै नेपाल
एनपीएल: पोखराले टस जित्यो, विराटनगरले पहिला ब्याटिंग गर्ने
एनपीएल: पोखराले टस जित्यो, विराटनगरले पहिला ब्याटिंग गर्ने
रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै
रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै
प्रधानमन्त्री ओली र श्रीलंकाकी प्रधानमन्त्री समकक्षी अमरासुरियाबीच भेटवार्ता
प्रधानमन्त्री ओली र श्रीलंकाकी प्रधानमन्त्री समकक्षी अमरासुरियाबीच भेटवार्ता