बालेनको निर्णयको विरोधमा उत्रिइन् उपमेयर सुनिता
१८ भदौ , काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गरेको निर्णयको उपमेयर सुनिता डंगोलले विरोध गरेकी छन्।मंगलबार बसेको नगरकार्यपालिकाको बैठकमा उपमेयर सुनिताले सर्वोच्च अदालतको फैसलालाई हवाला दिएर महानगर क्षेत्रका सबै नदी, खोला किनारको थप २० मिटर क्षेत्रमा भवन निर्माण गर्न अनुमति नदिने तथा निर्माण कार्य रोक्का राख्ने भनि बालेनको नेतृत्वमा भएको निर्णयको विरोध गरेकी हुन्। यो निर्णयले महानगरका जनता आतंकित र त्रसित भएको उनले बताइन्। उनले यो निर्णय पुनर्विचार गरिनुपर्ने भन्दै पर्याप्त छलफलबिनै भएको निर्णयको स्वामित्व लिनुपर्छ भन्ने नरहेको बताइन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment