टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबारे अमरेशको टिप्पणी- घण्टी बज्यो, नेताहरू सच्चिनु पर्छ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ११, २०८१
|
|
२५ पटक हेरिएको
Shares
टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबारे अमरेशको टिप्पणी- घण्टी बज्यो, नेताहरू सच्चिनु पर्छ

सारांश

  • अमरेशकुमार सिंहले गौरा पर्व मनाउने क्रममा सोमबार टुँडिखेलमा प्रधानमन्त्री केपी शर्मा ‌ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध लागेको नाराले नेताहरू सच्चिने बेला आएको बताएका छन् ।
  • मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा उनले जनताले नेताहरूविरुद्ध घण्टी बजाउन सुरु गरेको बताए ।
  • यसबारेमा उनले सरकारलाई सच्चिएर जनताको आक्रोश सम्बोधन गर्न पनि सुझाएका छन् ।

११ भदौ , काठमाडौं- प्रतिनिधि सभा स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले गौरा पर्व मनाउने क्रममा सोमबार टुँडिखेलमा प्रधानमन्त्री केपी शर्मा ‌ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध लागेको नाराले नेताहरू सच्चिने बेला आएको बताएका छन् ।मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा उनले जनताले नेताहरूविरुद्ध घण्टी बजाउन सुरु गरेको बताए । यसबारेमा उनले सरकारलाई सच्चिएर जनताको आक्रोश सम्बोधन गर्न पनि सुझाएका छन् । सांसद सिंहले दुईतिहाइको दम्भमा नरहन सरकारलाई सुझाव दिएका छन् । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले दुईतिहाइको सरकार हुँदा पनि देश छाड्नुपरेको स्मरण गराउँदै उनले दलीय अंकगणितले केही नहुने बताए । ‘हिजो टुँडिखेलमा जुन घटना भएको छ, पाटनको कृष्ण मन्दिरमा पनि घटना भएको छ । म सदनको ध्यानाकर्षण गर्न चाहन्छु ।त्यो हाम्रो लागि जसरी घण्टी बजाएर संसद्को प्रक्रियामा भाग लिन्छौँ, त्यस्तै हो’, उनले भने, ‘सरकारसँग म प्रश्न गर्न चाहन्छु– तपाईंहरू पहिले जस्तै चल्ने कि सुध्रिने ? नत्र मैले भयावह स्थिति देख्दैछु । आज सत्तामा हुनुहुन्छ, दलीय अंक गणित त शेख हसिनासँग पनि थियो, तर उनले देश छाड्नु पर्‍यो ।’ टुँडिखेलमा गौरा पर्व मनाउन अतिथिका रुपमा पुगेका प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाविरुद्ध नाराबाजी भएको थियो । गौरा मनाउन जम्मा भएका केही युवाहरूले पछाडिबाट आपत्तिजनक र अराजक शैलीमा नाराबाजी गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसईई रिजल्टपछि प्रधानमन्त्रीको टिप्पणी- हाम्रो मिहिनेत काम लाग्यो
एसईई रिजल्टपछि प्रधानमन्त्रीको टिप्पणी- हाम्रो मिहिनेत काम लाग्यो
दक्षिणी चीनमा ‘तुफान माट्मो’ को प्रभावः २ लाख ७१ हजारभन्दा बढी मानिसको स्थानान्तरण
दक्षिणी चीनमा ‘तुफान माट्मो’ को प्रभावः २ लाख ७१ हजारभन्दा बढी मानिसको स्थानान्तरण
प्रतिनिधिसभ बैठक आज बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभ बैठक आज बस्दै, यस्तो छ कार्यसूची
प्रधानमन्त्रीको उपस्थितिमा एनआरएनएबीच एकता घोषणा
प्रधानमन्त्रीको उपस्थितिमा एनआरएनएबीच एकता घोषणा
स्वतन्त्रताका नाममा हिंसा सर्वदा निषेधित छः राष्ट्रपति पौडेल
स्वतन्त्रताका नाममा हिंसा सर्वदा निषेधित छः राष्ट्रपति पौडेल
वडाध्यक्ष यादव हत्याका दुई आरोपी कारागार चलान
वडाध्यक्ष यादव हत्याका दुई आरोपी कारागार चलान
दर्शनार्थी चढेको भ्यान म्याग्दीमा दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते
दर्शनार्थी चढेको भ्यान म्याग्दीमा दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते
नेपालगञ्जबाट स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ
नेपालगञ्जबाट स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ
धनकुटामा ८ सय ९० किलो गाँजा बोकेको सवारीसहित १ जना पक्राउ
धनकुटामा ८ सय ९० किलो गाँजा बोकेको सवारीसहित १ जना पक्राउ
प्रधानमन्त्रीको सन्देश : प्रत्यक्ष निर्वाचित कार्यकारी अहिले हुन्न, मुख्य लक्ष्य चुनाव
प्रधानमन्त्रीको सन्देश : प्रत्यक्ष निर्वाचित कार्यकारी अहिले हुन्न, मुख्य लक्ष्य चुनाव