अन्तरिक्षमा फसेका विल्मोर र विलियम्स अर्को वर्ष मात्र फर्कने
११ भदौ , न्यूयोर्क- अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बोइङको मिसनमा भएको खराबीका कारण अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा फसेका दुई अन्तरिक्ष यात्री अब स्पेसएक्स मिसनमार्फत अर्को वर्ष फेब्रुअरीमा पृथ्वीमा फर्कन सक्ने बताएको छ ।अमेरिकी अन्तरिक्ष यात्री ब्यारी विल्मोर र सुनिता विलियम्सलाई जुन ५ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा स्टारलाइनरको पहिलो मानवयुक्त परीक्षण उडानमा पठाइएको थियो र एक हप्ता लामो मिसनमा थिए । तर प्रक्षेपण भएको २४ घण्टाभित्रै यसको क्याप्सुलको प्रोपल्सन प्रणालीमा धेरै खराबीहरू देखा परेका थिए, जसका कारण दुवै अनुभवी अमेरिकी अन्तरिक्ष यात्रीहरू अहिले ७९ दिनसम्म आईएसएसमा फसेका छन् । नासाका प्रशासक बिल नेल्सनले विल्मोर र विलियम्स फेब्रुअरी २०२५ मा घर फर्कने बताएका छन् ।
स्पेसएक्स क्रु- ९ मिशन सेप्टेम्बरको अन्तिम दिनहरूमा अन्तरिक्षको लागि प्रस्थान गर्नेछ । तर यसअघि बोइङको क्याप्सुल पृथ्वीतर्फ आउनु पर्नेछ ताकि आईएसएसमा रहेको डकिङ पोर्ट खाली गर्न सकियोस् । स्पेसएक्स क्रु-९ मिसनले दुईजना अन्तरिक्ष यात्री मात्र बोक्ने छ भने यसअघि चारजना अन्तरिक्ष यात्री बोक्नुपर्ने थियो । नासा र स्पेसएक्सले क्रू- ९ ड्रागनमा सीटहरू मिलाउँदैछन् । नासाका अनुसार, त्यो व्यवस्थाको विल्मोर र विलियम्सलाई ड्र्यागनमा चढ्न आवश्यक पर्ने स्पेससूटहरू सहित अतिरिक्त सामान बोक्नुपर्ने थियो ।

Post Comment