सल्यानमा चट्याङ लागेर शिक्षकको मृत्यु
११ भदौ , सल्यान । सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।कालीमाटी गाउँपालिका-१ लक्ष्मीपुर सातलखोलाका ५६ वर्षीय दल बहादुर कार्कीको चट्याङ लागेर मृत्यु भएको हो । सोमबार घर नजिकै गोठालो गएका कार्कीलाई साँझ ६ बजे चट्याङले हानेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक नविन कार्कीले जानकारी दिए । चट्याङ लागेर गम्भीर घाइते कार्कीलाई उपचारका लागि सल्यान जिल्ला अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको उपरीक्षक कार्कीले बताए । कार्की कालीदेवी प्राथमिक विद्यालय लक्ष्मीपुरमा कार्यरत थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment