पिपरा गाउँपालिकामा इन्धनको नाममा “ब्रम्हलुट” एक वर्षमा ४० लाखको इन्धन
जनकपुर।
महोत्तरीको पिपरा गाउँपालिकाकाले इन्धनको नाममा मनोमानी गरेका छन्। गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा मात्रै ४० लाख ८६ हजार बराबरको इन्धन खर्च गरेको छ।
महालेखा परीक्षकको कार्यालयले तयार पारेको २०७९/८० को प्रतिवेदन अनुसार प्रदेश खर्च मापदण्ड निर्देशिका, २०७७ को दफा १७ अनुसुची ४ र मधेस प्रदेशको स्थानिय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धी एन, २०७७ बमोजिम पदाधिकारी, कर्मचारी र कार्यालय प्रयोजनको लागि मापदण्ड बमोजिम ईन्धन खर्च गर्नुपर्ने व्यवस्था छ।
सवारी प्रयोग, ईन्धन तथा अन्य उपभोग्य वस्तुको खपत र सोको नियन्त्रण गर्ने मलेप फारम ९०५ अनुसार सवारी साधन मेसिन प्रयोगको लगवुक राख्ने व्यवस्था छ । तर यस पालिकाले व्यवस्थित तरिकाले लगवुक राखेको देखिदैन। पालिकासंग देहायको बमोजिम चारपाङ्ग्रे तथा दुइ पाङ्ग्रे सवारी साधनमा १२ महिनामा उल्लेखित सुविधा तथा नमर्स अनुसार रु ९८,३५००।- खर्च हुनुपर्ने देखिन्छ।
तर पालिकाले इन्धन खर्चमा मात्रै आर्थिक वर्ष २०७९/८० मा रु ४०,८६००० /- खर्च लेखेको छ।
Post Comment