प्रधानमन्त्री प्रचण्डले बोलाए सत्तासाझेदार दलको बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ २, २०८०
|
|
४६ पटक हेरिएको
Shares
प्रधानमन्त्री प्रचण्डले बोलाए सत्तासाझेदार दलको बैठक

सारांश

  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार १० दलको बैठक बोलाएका छन्।
  • नीति तथा कार्यक्रम र बजेटमा सुझाव माग्न सत्ता समर्थक १० दललाई बोलाइएको प्रधानमन्त्रीका सञ्चार सल्लाहकार गोविन्द आचार्यले सेतोपाटीलाई जानकारी दिए।
  • बैठक आज दिउँसो साढे दुई बजे सिंहदरबारमा बस्ने आचार्यले जानकारी दिए।

२ जेठ , काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार १० दलको बैठक बोलाएका छन्। नीति तथा कार्यक्रम र बजेटमा सुझाव माग्न सत्ता समर्थक १० दललाई बोलाइएको प्रधानमन्त्रीका सञ्चार सल्लाहकार गोविन्द आचार्यले सेतोपाटीलाई जानकारी दिए। बैठक आज दिउँसो साढे दुई बजे सिंहदरबारमा बस्ने आचार्यले जानकारी दिए। नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी, नेपाल समाजवादी दललाई बैठकमा बोलाइएको उनले बताए। त्यस्तै नागरिक उन्मुक्ति, जनमत पार्टी, राष्ट्रिय जनमोचा, प्रभु साहले नेतृत्व गरेको आम जनता पार्टीलाई पनि नीति तथा कार्यक्रममाथि सुझाव दिन बोलाइएको छ

https://press4k.com/

सत्तारूढ दलहरूको सुझावलाई समेटेर नीति कार्यक्रम परिमार्जन र समृद्ध तुल्याइने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। आज सत्ता साझेदार दलसँग मात्रै छलफल तय भएकाले प्रतिपक्षी दललाई भने बैठकमा नबोलाइएको सञ्चार सल्लाहकार आचार्यले बताए। राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते नीति तथा कार्यक्रम संसदसमक्ष पेस गर्दैछन्। जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।

https://press4k.com/

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२३ भदौमा संसद् भवन बाहिरको घटनामा कार्की आयोगले औंल्याएका त्रुटि
२३ भदौमा संसद् भवन बाहिरको घटनामा कार्की आयोगले औंल्याएका त्रुटि
सिरहामा १४ निजी स्वास्थ संस्थाको अनुगमन गर्दा १३ बन्द गर्न निर्देशन
सिरहामा १४ निजी स्वास्थ संस्थाको अनुगमन गर्दा १३ बन्द गर्न निर्देशन
महामन्त्री थापा स्याङ्जाका पर्यटकीय स्थलहरुको भ्रमणमा
महामन्त्री थापा स्याङ्जाका पर्यटकीय स्थलहरुको भ्रमणमा
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
गैरीगाउँको सुकुम्बासी बस्तीको पक्की घरमा डोजर चलाइयो
गैरीगाउँको सुकुम्बासी बस्तीको पक्की घरमा डोजर चलाइयो
क्रिकेटर शरद भेषावकरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
क्रिकेटर शरद भेषावकरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
स्कुल बाहेकका गतिविधिमा विद्यार्थीलाई सक्रिय बनाउनुपर्छ : बालेन
स्कुल बाहेकका गतिविधिमा विद्यार्थीलाई सक्रिय बनाउनुपर्छ : बालेन
पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
सहिद घोषणामा केही त्रुटि भएको छ : प्रचण्ड
सहिद घोषणामा केही त्रुटि भएको छ : प्रचण्ड
काठमाडौंमा बढाइयो सुरक्षा सतर्कता, एआईजी तामाङ भन्छन्– निषेधित क्षेत्र तोड्न दिँदैनौं
काठमाडौंमा बढाइयो सुरक्षा सतर्कता, एआईजी तामाङ भन्छन्– निषेधित क्षेत्र तोड्न दिँदैनौं