भरुवा बन्दुक र चोरीका सामानसहित ३ जना पक्राउ
२७ साउन, काठमाडौँ । प्रहरीले एक भरुवा बन्दुक र चोरीको समानसहित ३ जनालाई पक्राउ गरेको छ ।
झापाको अर्जुनधारा नगरपालिका–७ मिलडाँडा बस्ने इन्दिरा अधिकारीले सञ्चालन गरेको किराना पसलमा ताला फुटाई चोरी गरेका तीन जनालाई बन्दुकसहित पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–४ बस्ने १९ वर्षीय आदित्य लिम्बु, २२ वर्षीय छिरिङ तामाङ २१ वर्षीय निखिल तामाङ रहेका छन् । छिरिङ तामाङको घरमा लुकाई छिपाई राखिएको अवस्थामा १ थान भरुवा बन्दुक समेत फेला परेकोले बरामद गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । ![]()
Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment