२६ जेष्ठ २०८२, आईतवार

आज पनि १४ सयले घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?

 

२३ साउन, काठमाण्डु–बुधबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ ।

मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा १४ सयले घटेको हो । हिजो १ लाख ४७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । हिजो १७ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १५ रुपैयाँले घटेर १७ सय १० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment