इरानलाई हराउँदै नेपाल फाइनलमा
२२ साउन, काठमाडौंमा जारी काभा वुमन्स नेसन्स लिगको उपाधिका लागि नेपाल र भारत बीच प्रतिस्पर्धा हुने भएको छ।

नेपालले मंगलबार मंगलबार इरानलाई ३–० को सोझो सेटमा पराजित गरेर फाइनल यात्रा तय गरेको हो। उपाधिका लागि दुई टोली बीच बुधबार खेल हुनेछ। भारतले सेमिफाइनलमा श्रीलंकालाई पराजित गर्यो।

समूह चरणमा नेपालले भारतलाई ३–२ सेटले हराएको थियो। समूह चरणमा पराजित भएको इरानलाई नेपालले सहजै हराउन सफल भएको हो।




Post Comment