२४ माघ २०८२, शुक्रबार

भक्तपुरमा बाल्टिनको पानीमा डुबेर ११ महिने बालिकाको मृत्यु

 

२२ साउन, भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चित्तापोलमा बाल्टिनमा भएको पानीमा डुबेर ११ महिने बालिकाको मृत्यु भएको छ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ घर भएर भक्तपुर बस्दै आएकी गीता बस्नेतकी छोरी नेलिस्ता बस्नेतको मृत्यु भएको हो। सोमबार साँझ बाल्टिनमा रहेको पानीमा डुबेर उनी घाइते भएकी थिइन्। उपचारको क्रममा ख्वप अस्पताल च्यामासिंहमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

Post Comment

छुटाउनुभयो कि ?